NIMB Header 2
Nepal Life

नेको इन्स्योरेन्सको ३ प्रतिशत सहित १५.७८९४% लाभांश घोषणा, ४२ करोड ४९ लाख रुपैयाँ लाभांश वितरण गर्दै

National Life
  • BFIS News
  • 2026 Jan 16 18:49
नेको इन्स्योरेन्सको ३ प्रतिशत सहित १५.७८९४% लाभांश घोषणा, ४२ करोड ४९ लाख रुपैयाँ लाभांश वितरण गर्दै
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेड (एनआईएल) ले आर्थिक वर्ष २०८१/८२ का लागि कुल १५.७८९४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

Shikhar
NIMB

कम्पनीको पुस ३० गते सम्पन्न ४९७औँ सञ्चालक समिति बैठकले चुक्ता पुँजीको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावअनुसार कम्पनीले ३ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १२.७८९४ प्रतिशत नगद लाभांश वितरण गर्नेछ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीलाई वितरण गरिनेछ।

सेयर बजारतर्फ, नेको इन्स्योरेन्सको सेयर मूल्य पछिल्लो कारोबार दिन प्रतिकित्ता ६१८ रुपैयाँमा बन्द भएको छ। कम्पनीको प्रस्तावित लाभांशले सेयरधनीहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब  ६९ करोड रुपैयाँ रहेको छ। प्रस्तावित ३ प्रतिशत बोनस शेयर वितरण पश्चात चुक्ता पूँजी २ अर्ब ७७ करोड पुग्नेछ। शेयरधनीले कर प्रयोजन सहित ३४ करोड ४२ लाख रुपैयाँ नगद लाभांश प्राप्त गर्नेछन्। यसरी कम्पनीले कुल ४२ करोड ४९ लाख रुपैयाँ लाभांश वितरण गर्नेछ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया