सपोर्ट लघुवित्तको अध्यक्षमा पोखरेल नियुक्त

  • BFIS News
  • 2024 Mar Sun 13:50
सपोर्ट लघुवित्तको अध्यक्षमा पोखरेल नियुक्त

काठमाडौं । सपोर्ट लघुवित्तको अध्यक्षमा महेशकुमार पोखरेल नियुक्त भएका छन्। चैत १७ गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई अध्यक्ष पदमा नियुक्त गरेको हो।

संस्थाको वार्षिक साधारण सभाले संस्थापक तर्फबाट चारजना र सर्वसाधारण तर्फबाट एकजना सञ्चालक निर्वाचित गरेको छ। संस्थापक शेयरधनीकोतर्फबाट महेशकुमार पोखरेल, पुनितकुमार सारडा, सुमित अधिकारी र होम शंकर दाहाल निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनीको तर्फबाट दिव्य प्रसाद कोइराला निर्विरोध निर्वाचित भएका छन्।

यससँगै कम्पनीको ७ जनाको सञ्चालक समिति बनेको छ। हालै निर्वाचित ५ जना र सर्वसाधारण समूह तर्फबाट तारादेवी भट्टराई र स्वतन्त्र सञ्चालकमा गोविन्दलाल कर्ण रहेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार