Nepal Life

रिलायबल नेपालको आइपिओ साउन २३ देखि निष्काशन हुँदै

Global Ime detail Page
  • BFIS News
  • 2023 Jul Mon 09:25
रिलायबल नेपालको आइपिओ साउन २३ देखि निष्काशन हुँदै
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आगामी साउन २३ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । सर्वसाधारण लगानीकर्ताका लागि ९६ लाख कित्ता शेयर बिक्री गर्ने भएको हो ।

NIMB

वैदेशिक रोजगारमा गएका नेपालीका लागि निष्काशन गरिएको शेयरको हिजो मात्रै बाँडफाँड सम्पन्न भएको हो । वैदेशिक रोजगामा गएका नेपालीले न्युनतम ५० कित्तादेखि अधिकतम ६० कित्तासम्म शेयर प्राप्त गरेका छन् । हिजो बाँडफाँड सम्पन्न भए सँगै कम्पनीले साउन २३ गतेदेखि २६ गतेसम्म निष्काशन गर्ने छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २५७ रुपैयाँमा शेयर निष्काशन गर्नेछ । यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम ५४ सय कित्ताको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले साउन २६ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ  ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया