NIMB Header 2
Nepal Life

‘एक्स’मा संकट, कम्पनीको मूल्यमा ७३ प्रतिशतको गिरावट

Muktinath Bank
  • BFIS News
  • 2024 Apr 03 09:40
‘एक्स’मा संकट, कम्पनीको मूल्यमा ७३ प्रतिशतको गिरावट
Everest Bank

काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ (पहिले ट्विटर) लाई लिएर एलन मस्कमाथि प्रश्न उठिरहेको छ। उनले ‘एक्स’ नियन्त्रणमा लिएपछि यसको मूल्यमा ठूलो गिरावट आएको छ। जब मस्कले ट्विटरलाई नियन्त्रणमा लिए, धेरैले उनलाई समर्थन गरेका थिए तर अहिले अवस्था फेरिएको छ उनको धेरैले आलोचना गर्न थालेका छन्।

Shikhar
NIMB

प्रारम्भिक समर्थकहरू मध्येको एक फिडेलिटी म्युचुअल फन्डले लगानीको अवमूल्यनबारे जानकारी दिएको छ। ट्विटरको अधिग्रहण बेलाका धेरै समर्थकहरूले अब उनीहरूको लगानीको पुन: मूल्याङ्कन गरिरहेका छन्।

सार्वजनिक भएका तथ्याङ्क एक्सकालागि राम्रा छैनन्। फिडेलिटी म्युचुअल फण्डको ब्लु चिप ग्रोथ फण्डले एक्सको मूल्यमा आएको गिरावटका कारण फेब्रुअरी महिनामा नै ५.७ प्रतिशत घाटा बेहोरेको जनाएको छ। फेब्रुअरी २९, २०२३ सम्म उसले आफ्नो सम्पत्तीको मूल्य ५.२८ मिलियन आकेको थियो। गत महिना यसले मूल्यलाई ५.६ मिलियन डलरमा घटाएको छ। यो प्रारम्भिक लगानीको तुलनामा कम हो। एक्समा ब्लू चिप ग्रोथ फण्डको शेयरको मूल्य घट्ने क्रम जारी छ।

एलन मस्कले ४४ अर्ब डलरभन्दा बढीको सम्झौता गरेर ट्विटरको नियन्त्रण लिएका थिए। यो सम्झौता अक्टोबर २०२२ मा सम्पन्न भएको थियो। तर आज यसको नेटवर्थ त्यति धेरै छैन। यो सम्झौता पछि, यो सोशल मिडिया प्लेटफर्मको मूल्य ७३ प्रतिशतले घटेको छ।

मस्कले ट्विटरको जिम्मेवारी लिएपछि उनले ठूलो परिवर्तन गरेका छन्। नयाँ नियम र परिवर्तनहरूको कारण धेरै विज्ञापनदाताहरू पछि हटेका छन्। तिनीहरूमध्ये केही फर्किए पनि प्लेटफर्मको राजस्व बढेको छैन।

एक्सले ३ बिलियन डलरको विज्ञापन बिक्रीको लक्ष्य पनि हासिल गर्न सकेन। मस्कको उत्कृष्ट प्रयासको बावजुद गत वर्ष मात्र २.५ बिलियनको विज्ञापन बिक्री हासिल भएको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया