Nepal Life

नेपाल लाइफको सरेण्डर नियन्त्रणमा, साढे चार प्रतिशतले घट्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Tue 00:08
नेपाल लाइफको सरेण्डर नियन्त्रणमा, साढे चार प्रतिशतले घट्यो
Sanima Reliance

काठमाडौं । नेपाल लाइफको सरेण्डर बीमा शुल्क रकम नियन्त्रणमा आएको छ । गत आर्थिक वर्ष २०७९/८० मा सरेण्डर रकम ४.५२ प्रतिशतले घटेको छ ।

NIMB

समग्र जीवन बीमा कम्पनीहरुमा सरेण्डर रकम १७.२० प्रतिशतले बढ्दा नेपाल लाइफको भने घटेको हो । नेपाल लाइफले गत आर्थिक वर्षमा ४ अर्ब ७८ करोड रुपैयाँको सरेण्डर गरेको छ । जवकी यस भन्दा अघिल्लो आर्थिक वर्षमा ५ अर्ब एक करोड रुपैयाँको समर्पण गर्नु परेको थियो ।

जीवन बीमा क्षेत्रमा सर्वाधिक धेरै बजार हिस्सा ओगटेको नेपाल लाइफको सानो सानो परिवर्तनले पनि जीवन बीमा उद्योगमै ठुलो असर पर्छ । अघिल्लो आर्थिक वर्षमा सरेण्डर नेपाल लाइफको नियन्त्रण भन्दा बाहिर गइसकेको थियो । अव क्रमश नेपाल लाइफमा सरेण्डर घट्दै जाने विश्लेषण गरिएको छ । नेपाल लाइफले विगतका वर्षमा हुँदै आएका कयौ विकृतिलाई अन्त्य गर्दै लगेको छ ।   

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया