NIMB Header 2
Nepal Life

२०२४ मा पनि घटेन कर्मचारी कटौतिको दर, एप्पलले निकाल्यो ६ सय कर्मचारी

National Life
  • BFIS News
  • 2024 Apr 05 10:38
२०२४ मा पनि घटेन कर्मचारी कटौतिको दर, एप्पलले निकाल्यो ६ सय कर्मचारी
Sanima Reliance

सन् २०२४ मा पनि विश्वभरि नै कर्मचारी कटौतीको गति रोकिने संकेत देखिएको छैन। यो वर्ष अहिलेसम्म धेरै चर्चित कम्पनीहरूले आफ्ना कर्मचारी कटौती गरिसकेका छन्। यस लिस्टमा दिग्गज र विश्वकै ठूलो कम्पनी एप्पलको नाम पनि थपिएको छ । एप्पलले हालै ६०० भन्दा बढी कर्मचारीहरूलाई हटाएको छ।

Shikhar
NIMB

ब्लूमबर्गको रिपोर्टका अनुसार एप्पलले भर्खरै कर्मचारी कटौतीको पुष्टि गरेको छ। कम्पनीले क्यालिफोर्निया रोजगार विकास विभागमा फाइलिङ गर्दै यसबारे जानकारी दिएको छ। फाइलिङलाई उद्धृत गर्दै ब्लूमबर्गको रिपोर्टमा भनिएको छ कि एप्पलले क्यालिफोर्नियामा ६०० भन्दा बढी कर्मचारीहरूलाई निकालेको छ। कार र स्मार्टवाच डिस्प्ले आयोजना बन्द गर्ने निर्णयपछि कम्पनीले कर्मचारी निकाल्ने निर्णय गरेको थियो।

एप्पललाई प्रविधिको मात्र नभई विश्वका सबैभन्दा ठूला कम्पनीहरूमा गनिने भएकाले कर्मचारी हटाउने यो खबर गम्भीर रुपमा अगाडि आएको हो। अमेरिकी बजारमा बिहीबार एप्पलको शेयर ०.४९ प्रतिशतले घटेर १६८.८२ डलरमा पुगेको छ । त्यसपछि कम्पनीको एमक्याप २.६१ ट्रिलियन डलर थियो। यो मूल्याङ्कनसँगै एप्पल माइक्रोसफ्टभन्दा मात्र पछाडि छ।

कम्पनीको फाइलिङका अनुसार, निकालिएका ८७ जनाले एप्पलको सेक्रेट फेसिलिटीमा काम गरिरहेका थिए, जहाँ नेक्स्ट जेनेरेसनको स्क्रिन विकासको काम हुने गर्छ। बाँकी कर्मचारी कार परियोजनामा कार्यरत थिए।

एप्पलको कार प्रोजेक्टको बारेमा विश्वव्यापी चर्चा थियो। हाल, धेरै मोबाइल र ग्याजेट कम्पनीहरू गाडी निर्माणमा जोड दिइरहेका छन्। विशेष गरी विद्युतीय गाडीमा। साओमी, हुवाई जस्ता चिनियाँ स्मार्टफोन कम्पनीहरूले विद्युतीय गाडी निर्माणको बजारमा प्रवेश गरेका छन्। एप्पलले केही समय पहिले आफ्नो प्रोटोटाइप पनि प्रस्तुत गरेको थियो तर यस वर्षको सुरुमा एप्पलले कार प्रोजेक्टबाट बाहिरिने निर्णय गरेको जानकारी दिएको थियो ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया