Nepal Life

शाओमी इलेक्ट्रिक कारको 'इन्ट्री'ले टेस्ला र बिवाइडीलाई कस्तो पर्ला असर?

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Sat 11:53
शाओमी इलेक्ट्रिक कारको 'इन्ट्री'ले टेस्ला र बिवाइडीलाई कस्तो पर्ला असर?
Sanima Reliance

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमीले केही दिनअघि आफ्नो पहिलो इलेक्ट्रिक कार सार्वजनिक गरेको थियो र यसको लागि अर्डर पनि लिन सुरु गरिसकेको छ।

NIMB

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत ली जुनले कम्पनीको स्ट्यान्डर्ड एसयू -७ मोडलको मूल्य २ लाख १५ हजार ९ सय युआन (२९ हजार ८ सय ७२ अमेरिकी डलर) र म्याक्स संस्करणको मूल्य २ लाख ९९ हजार ९ सय युआन हुने बताएका थिए।

कम्पनीले आफ्नो पहिलो इलेक्ट्रिक कार लन्च गरेको २७ मिनेटमै ५० हजार अर्डर प्राप्त गरेको बताएको थियो। विश्वभर कारको बिक्री घटिरहेको बेला शाओमीको विद्युतीय कार बजारमा प्रवेश गरेको छ, जसका कारण मूल्यमा नयाँ प्रतिस्पर्धा सुरु भएको आंकलन गरिएको छ।

योसँगै शाओमीले टेस्ला र बिवाइडीसँग प्रतिस्पर्धा गर्न कोशिस गरिरहेको छ, जो पहिलेदेखि नै इलेक्ट्रिक कार बजारका खेलाडी रहिसकेका छन्। चीनमा टेस्लाको मोडल ३ को प्रारम्भिक मूल्य २ लाख ४५ हजार ९०० युआन छ।

ली जुनले एसयू-७ ले एकपटक चार्जमा करिब ७०० किलोमिटरसम्म दौडन सक्ने बताए। यो टेस्लाको मोडल ३ भन्दा राम्रो रहेको दाबी गरिएको छ जुन एकपटक चार्जमा ५६७ किलोमिटरसम्म चल्न सक्छ।

कम्पनीले एसयू-७ मा आफ्नो फोन, ल्यापटप र अन्य उपकरणहरूमा प्रयोग हुने अपरेटिङ सिस्टम नै प्रयोग गर्ने बताएको छ‍। जसका कारण उपभोक्ताहरूले यसलाई अझ मन पराउने विश्वास लिइएको छ।

अनुसन्धान कम्पनी काउन्टरपोइन्टका अनुसार शाओमी विश्वभर स्मार्टफोन बिक्री गर्ने तेस्रो ठूलो कम्पनी हो। अन्तर्राष्ट्रिय बजारमा यसको हिस्सा १२ प्रतिशत छ ।

विगत एक वर्षदेखि कम्पनीले एसयू-७ लन्च गर्ने संकेत गर्दै आएको थियो । यस्तो अवस्थामा यसलाई पोर्शको टायकन र पानामेरा स्पोर्टस् कार मोडलसँग तुलना गरिँदै आएको छ।

शाओमीको यो नयाँ कार सरकारी स्वामित्वको बिएआइसी समूहको कारखानामा उत्पादन हुनेछ। यो कारखाना बेइजिङमा छ र कम्पनीले एक वर्षमा कम्तीमा दुई लाख कार उत्पादन गर्ने लक्ष्य राखेको छ ।

कम्पनी अहिलेको स्तरसम्म पुग्नु आफैंमा ठूलो सफलता हो। तर सबैभन्दा ठूलो सफलता तब हुनेछ जब शाओमीले विद्युतीय कार बजारमा उपभोक्ताहरू माझ आफ्नो स्थान बनाउन सक्षम हुनेछ।

तर, यस क्षेत्रमा टेक्नोलोजी कम्पनीहरूले सामना गरिरहेका चुनौतीहरू आइफोन निर्माता एप्पलले गत महिना विद्युतीय कार बनाउने आफ्नो योजना रद्द गरेको तथ्यले संकेत पनि गरेको छ। शाओमीलाई कारले चीनमा आफ्नो ब्रान्ड स्थापित गर्नेमा भने पूर्ण विश्वास छ। जबकि एप्पलले चीनबाहिर बजारमा धेरै सम्भावना देखेको थिएन।

शाओमीले आगामी १० वर्षमा विद्युतीय कारको व्यवसायमा कम्पनीले १० अर्ब डलर लगानी गर्ने पनि बताएको छ।

चीनमा इलेक्ट्रिक कारहरूले बजार लिइसकेका छन्। यसको कारण त्यहाँ एक स्थिर इकोसिस्टम प्रणालीको विकास भएको छ जसले कार निर्माताहरूलाई धेरै मद्दत गरेको छ।

चीनमा यस क्षेत्रमा प्रतिस्पर्धा बढिरहेको बेला शाओमीको पहिलो कार बजारमा आएको हो। तर हालैका केही महिनामा टेस्लाका मालिक एलन मस्कले चीनमा आफ्ना कारहरूको मूल्य हजारौं डलरले घटाएका छन्। यसको कारण विश्वभर सबैभन्दा बढी विद्युतीय कार बिक्री गर्ने कम्पनी बिवाइडीले पनि त्यहाँ आफ्ना कारको मूल्य घटाउन बाध्य भएको छ।

चीन विद्युतीय कारको हिसाबले विश्वको सबैभन्दा ठूलो बजार हो। यसबीच बिवाइडीले आफ्नो वार्षिक नाफामा नयाँ रेकर्ड पनि बनाएको छ। तर, कम्पनीले यो वर्षको अन्त्यतिर भने उक्त गती केही सुस्त भएको बताएको छ। केही दिनपछि अमेरिकी इलेक्ट्रिक कार निर्माण कम्पनी टेस्लाले पनि जनवरी र मार्च बीचको बिक्री तथ्याङ्कहरू जारी गर्न गइरहेको बताएको छ।

विश्वका सरकारहरू विदेशमा बन्ने इलेक्ट्रिक कारको आयात घटाउन चाहिरहेका छन्। उनीहरु स्वदेशी कम्पनीलाई नै प्रवर्द्धन गर्न खोजिरहेका छन्। यस्तो अवस्थामा शाओमीले आगमनले टेस्ला लगायतका कम्पनीलाई पक्कै असर गर्ने छ। (एजेन्सीको सहयोगमा)

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया