NIMB Header 2
Nepal Life

सूचना प्रविधि उद्योगसंग सम्बन्धित कर अनुपालना सम्बन्धमा व्यवसायीको गम्भिर ध्यानाकर्षण

Citizen Life
  • BFIS News
  • 2024 Apr 07 13:37
सूचना प्रविधि उद्योगसंग सम्बन्धित कर अनुपालना सम्बन्धमा व्यवसायीको गम्भिर ध्यानाकर्षण
National Life

काठमाडौं । नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आई.टी. सर्भिसेस्कम्पनीज् (नासआईटी), नेपाल उद्योग परिसंघ (सीएनआई), अमेरिकन च्याम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल)ले सूचना प्रविधि उद्योगसँग सम्बन्धित कर अनुपालना सम्बन्धमा गम्भिर ध्यानकर्षण गराएका छन् । 

NIMB

तीन वटै व्यवसायिक संस्थाले संयुक्त रुपमा प्रेश विज्ञप्ती जारी गर्दै नेपालको सूचना प्रविधि उद्योग शुरुवाती अवस्थामै रहेको र क्रमशः बिस्तारै अगाडि बढ्ने क्रममा रहेको बताएका छन् । यस उद्योगसंग प्रत्यक्ष रुपमा विदेशी लगानी वा नेपालीलाई रोजगारी दिएका रोजगारदाताहरुको संलग्नता रहेको उनिहरुको भनाइ छ ।

पछिल्लो पटक सूचना प्रविधि उद्योगसँग सम्बन्धित कर अनुपालना सम्बन्धमा लगानीकर्ताहरुलाई दुरुत्साहित गर्ने तथा निजी क्षेत्रको मनोबल घटाउने गरी भएको गतिविधिले गम्भिर ध्यानाकर्षण गराएको उनिहरुले उल्लेख गरेका छन् । 

कर लगायतका विषय कानूनी दायरा भित्र रही कानूनमा तोकिए बमोजिम तथा हालसम्म गर्दैआएको कर व्यवहार (Tax Practice) समेतको वर्खिलाप हुने गरि फरक रुपमा नयाँ प्रयोगात्मक (Experimental) स्वरुपमा व्याख्या गरि अनावश्यक रुपमा यी उद्योगहरुलाई असामान्य शीर्षकमा आर्थिक दायित्व बढाउने प्रयत्न सरकारी तहबाटै हुनु दुखद् भएको व्यवसायीको भनाइ छ । 

यस्ता कार्यले समग्र सूचना प्रविधिसँग सम्बन्धित उद्योगलाई धराशायी बनाउने हुँदा गम्भिर हुन सरोकारवाला सबैलाई  उनिहरुले अनुरोध गरेका छन् । त्यसमाथि पनि अनाहकमा यस क्षेत्रमा क्रियाशील कम्पनी उपर फौजदारी प्रकृतीको कारबाही लागु गराउनु दुर्भाग्यपूर्ण रहेको व्यवसायी बताउछन् ।

प्रचलित कर कानून र व्यवहार भन्दा फरक गतिविधिले व्यवसायीलाई चिन्तित बनाएको छ । नेपालमा सम्भावित लगानीको अवसरलाई खुम्चाई प्रविधी हस्तान्तरणको कार्य रोकिने, भइरहेका एवं अब हुने रोजगारी बन्द हुने, नेपालीको प्रतिष्पर्धी क्षमता घट्ने, राजस्व समेत प्रभावित भई नेपालको समग्र अर्थतन्त्रमा नराम्रो असर पर्नेतर्फ गम्भिर भई तत्काल आवश्यक निदानको खोजी गर्न समेत अनुरोध गरिएको छ । 

नेपालको कर कानून समान रुपमा लागू हुनुपर्दछ र हरेक व्यक्ति तथा कम्पनी यसको परिधिभित्र रहनुपर्छ भन्नेमा व्यवसायीहरु प्रतिबद्ध देखिएका छन् । तर, कर कानूनको गलत व्याख्या गरी/गराइ कसैलाई अनावश्यक तरिकाबाट कर लगाउनु, फौजदारी कारबाही चलाउनुले बिस्तारै बढ्ने क्रममा रहेको आइटी उद्योग र यसले रोजगारी सृजना र राजस्वमा गरेको योगदानमा असर पर्न जाने हुँदा सरकारी निकायबाट भएको अस्वाभाविक निर्णय तत्काल सच्चाई यस्ता उद्योग तथा विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानीको वातावरण रहेको आश्वस्त पार्न उनिहरुले अपिल गरेका छन् ।

उच्च महत्व र अपेक्षाका साथ नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनको पूर्व सन्ध्यामा भएका यस्ता निर्णयले लगानीकर्तामाझ सकारात्मक सन्देश नजाने हुँदा आईटी उद्योगको अधिकतम हितको रक्षार्थ तथा कानूनी र नीतिगत स्पष्टता कायम गरि व्यावसायिक वातावरण बनाउन सरकारी एवं सरोकारवाला निकायहरुलाई अनुरोध गरेका हुन् ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया