Nepal Life

पेट्रोल र डिजेलको भाउ बढ्दै, ग्याँसको घट्ने

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Tue 18:40
पेट्रोल र डिजेलको भाउ बढ्दै, ग्याँसको घट्ने
National Life

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोल तथा डिजेलको मूल्य बढाएर पठाएको छ । आइओसीले हरेक १५/१५ दिनमा नयाँ मूल्य सूची पठाउने गरेको छ ।

NIMB

नेपाल आयल निगमलाई पठाएको मूल्य सूचीअनुसार पेट्रोलको भाउ प्रतिलिटर ७ रुपैयाँ ८७ पैसाले बढेर आएको छ । यस्तै, डिजेलको ६ रुपैयाँ ६१ पैसाले बढेर आएको निगमले जनाएको छ । तर, ग्यासको मूल्य भने प्रतिसिलिण्डर करिव १०० रुपैयाँले घटेर आएको छ ।

भारतबाट आएको सूचीअनुसार नै पेट्रोल र डिजेलको मूल्य अब नेपालमा पनि स्वचालित प्रणालीबाट समायोजन हुनेछ । यसका आधारमा पेट्रोल र डिजेलको भाउ बढेता पनि ग्यासको मूल्य भने घट्ने विश्लेषण गरिएको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार