Nepal Life

भारतका आइफोन फ्याक्ट्रीमा आफ्नो नियन्त्रण बढाउँदै टाटा ग्रुप, पेगाट्रोनसँगको 'डिल' सहमति नजिक

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Wed 11:30
भारतका आइफोन फ्याक्ट्रीमा आफ्नो नियन्त्रण बढाउँदै टाटा ग्रुप, पेगाट्रोनसँगको 'डिल' सहमति नजिक
Sanima Reliance

आइफोन बनाउने कम्पनी पेगाट्रोनले तमिलनाडुमा रहेको आफ्नो कारखानाको नियन्त्रण टाटा समूहलाई हस्तान्तरण गर्न सक्ने बताइएको छ। एक रिपोर्टका अनुसार एप्पलले यो सम्झौतामा सहमति पनि जनाएको छ र टाटा र पेगाट्रोनबीच यस सम्बन्धमा वार्ता सकारात्मक रुपमा अघि बढेको छ।

NIMB

चेन्नई नजिकै रहेको यो फ्याक्ट्री भारतमा ताइवानी कम्पनी पेगाट्रोनको एक मात्र कारखाना हो जहाँ आइफोनहरू बनाइन्छ। रोयटर्सका अनुसार टाटा र पेगाट्रोनबीच चलिरहेको वार्ताका आधारमा यो कारखाना सञ्चालन गर्न दुवै कम्पनीले संयुक्त लगानी गर्न सक्ने दाबी गरिएको छ।

रोयटर्सले स्रोतलाई उद्धृत गर्दै टाटा समूहले यसमा कम्तीमा ६५ प्रतिशत सेयर राख्ने योजना बनाएको बताएको छ। पेगाट्रोनले बाँकी हिस्सेदारी राख्नेछ र प्राविधिक सहयोग पनि प्रदान गर्नेछ। श्रोतका अनुसार टाटाले यो कारखाना टाटा इलेक्ट्रोनिक्स कम्पनीमार्फत सञ्चालन गर्नेछ।

यस कारखानामा करिब १० हजार कर्मचारी काम गर्छन् र यहाँ हरेक वर्ष ५० लाख आइफोन बन्छन्। पेगाट्रोन केहि समय अघिदेखि एप्पलसँग आफ्नो साझेदारी सुरु गरेको थियो र अब यसलाई उसले कम गर्दै लगिरहेको छ।

गत वर्ष मात्रै कम्पनीले चीनको एउटा आइफोन कारखानाको नियन्त्रण आफ्नो प्रतिद्वन्द्वी कम्पनी लक्ससेयरलाई २९ करोड डलरमा दिएको थियो । तमिलनाडु फ्याक्ट्री उसको नियन्त्रणमा रहेको अन्तिम कारखाना हो।

रोयटर्स स्रोतले यस सम्झौताको लागि चलिरहेको वार्ताको वित्तीय विवरण भने साझा गरेको छैन।

चीन र अमेरिकाबीच चलिरहेको तनावकोबीच एप्पलले चीन बाहिर आफ्नो आपूर्ति श्रृंखला स्थापना गर्ने प्रयास गरिरहेको छ। तर यो सम्झौताको फाइदा टाटाले पाउनेछ। चेन्नई कारखानाले आइफोन उत्पादनको लागि आफ्नो योजनालाई अझ बलियो बनाउने बताइएको छ।

टाटा समूहले पहिले नै कर्नाटकमा आइफोन एसेम्बली कारखाना चलाउँदै आएको थियो जुन गत वर्ष अर्को ताइवानी कम्पनी विस्ट्रोनबाट लिएको थियो। टाटाले तमिलनाडुको होसुरमा अर्को कारखाना पनि निर्माण गरिरहेको छ। यो कारखानामा  पेगाट्रोन संयुक्त उद्यम साझेदार हुन सक्छ।

पेगाट्रोनले पछिल्ला केही महिनादेखि आफ्नो चेन्नई परिसरमा अर्को आइफोन कारखाना पनि निर्माण गरिरहेको छ। टाटासँगको सम्झौताअनुसार टाटा समूहले यस कारखानाको पनि नियन्त्रण लिनसक्ने बताइएको छ।

दुई कम्पनीबीचको वार्ता ६ महिनाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ। त्यसपछि पेगाट्रोन भारतका सबै कर्मचारी संयुक्त उद्यमका कर्मचारी बन्नेछन्।

भारतमा आइफोन उत्पादन गर्ने वर्तमान सम्झौतामा टाटा, पेगाट्रोन र फक्सकन रहेका छन्। भारतमा एप्पलको बढ्दो महत्वाकांक्षाका लागि टाटा एक महत्त्वपूर्ण पक्ष हुनसक्छ।

विष्लेशकहरुको अनुमान अनुसार भारतले यस वर्ष कुल आइफोन अर्डरको २० देखि २५ प्रतिशत योगदान गर्नेछ। गत वर्ष यो योगदान १२ देखि १४ प्रतिशत थियो।

पेगाट्रोन बिस्तारै एप्पलको व्यवसायबाट बाहिर निस्कनुको कारण भने थाहा हुन सकेको छैन। गत वर्ष पेगाट्रोनले चिनियाँ कारखानाको लागि गरेको सम्झौतालाई कम्पनीको व्यापार अप्टिमाइजेशजन गर्नका लागि रकम जम्मा गर्न गरिएको बताएको थियो। (रोयटर्स)

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया