Nepal Life

सुनचाँदी कारोबार सम्वन्धी कार्यविधिको बिषयमा छलफल

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Tue 19:30
सुनचाँदी कारोबार सम्वन्धी कार्यविधिको बिषयमा छलफल
Sanima Reliance

काठमाडौं । सुनचाँदी कारोबार सम्वन्धी कार्यविधि वनाउने बिषयमा सुनचाँदी ब्यवसाय क्षेत्रमा आवद्ध तीन महासंघ बीच छलफल सम्पन्न भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघ सम्मिलित संयुक्त कार्यदलले तीनैवटा महासंघको संयुक्त पहलमा कार्यविधि वनाउने बिषयमा पहल गरेको हो । कार्यदलले विगत लामो समयदेखि यो पहल गर्दै आएको छ । 

NIMB

सुनचाँदी ब्यवसाइलाई ब्यवस्थित र प्रभावकारीरुपमा सञ्चालन गर्न सहयोग पुर्याउने उदेश्यले यो पहल शुरु गरिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए । काठमाडौंमा मंगलबार सम्पन्न तीन महासंघको संयुक्त कार्यदलको बैठकले सरकारी निकायसँग आवश्यक परामर्श गर्दै ब्यवसाय मैत्री कार्यविधि निर्माणमा जुट्ने प्रतिविद्धता जनाएको हो ।

त्यसक्रममा सुनको आयात, वितरण प्रणाली , ऐन, कानून लगायतका बिषयमा पनि छलफल भयो । छलफलमा नेपाल रत्न तथा आभुषण महासंघका अध्यक्ष सुरेश श्रेष्ठ, नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्डमान शाक्य, कार्यदल संययोजक विपिन रामुदामु लगायतका ब्यक्तिहरुको सहभागिता थियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया