Nepal Life

पेट्रोल ९, डिजेल ७ र ग्याँस प्रति सिलिण्डर १३० रुपैयाँले घट्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Wed 04:42
पेट्रोल ९, डिजेल ७ र ग्याँस प्रति सिलिण्डर १३० रुपैयाँले घट्यो
Sanima Reliance

काठमाडौं । सरकाले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मुल्य बढाएको हो । तर, खाना पकाउने ग्याँस (एलपीजी) को मुल्य भने १३० रुपैयाँले घटाइएको छ ।

NIMB

गत असार ३१ गतेबाट पेट्रोलियम पदार्थको मुल्यमा स्वचालित प्रणाली लागू भएको छ । भारतले मुल्य बढाएर पठाए बढाउने र घटाएर पठाए घटाउने प्रणाली लागू भएको थियो । भारतले मंगलबार नै पेट्रोलियम पदार्थको मुल्य बढाएर पठाएको थियो । त्यसपछि निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको हो ।

निगमका अनुसार पेट्रोलको मल्य ६ रुपैयाँ ५० पैसाले बढेको छ । अब प्रतिलिटर न्यूनतम १७०.५० रुपैयाँ पेट्रोल किन्न सकिन्छ । यसैगरि डिजेलको मुल्य पनि साढे ६ रुपैयाँले नै बढेको छ । अब प्रतिलिटर १५०.५० रुपैयाँमा डिजेल किन्न सकिने छ । यसैगरि मट्टी तेलको मुल्य पनि ६.५० रुपैयाँ बढाएर प्रतिलिटर १५०.५० रुपैयाँ पुर्याइएको छ । एलपी ग्याँसको मुल्य भने प्रति सिलिन्डर १७९० बाट घटाएर १६६० रुपैयाँमा समायोजन गरिएको छ ।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया