काउन्टर साइकल बफरको नियमले बैंकहरुको कर्जा प्रवाहमा तत्काल असर नगर्ने

  • BFIS News
  • 2023 Aug Wed 05:19
काउन्टर साइकल बफरको नियमले बैंकहरुको कर्जा प्रवाहमा तत्काल असर नगर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यहि साउन एक गतेदेखि काउन्टर साइकल बफरको नियम लागु गरेको छ । राष्ट्र बैंकले यस भन्दा अगाडी कोभिड १९ का कारण अर्थतन्त्रमा असर पारेको र कार्यान्वयन गर्न सान्दर्भिक नभएको भन्दै स्थगन गरेकोको थियो ।

राष्ट्र बैकको विध्दमान निर्देशनको आधारमा निम्न शुत्र प्रयोग गरेर काउन्टर साइकल बफर (CCB) निकाल्न पर्छ सकिन्छ ।

Credit to GDP Gap = Credit to GDP Ratio minus (-)Trend

(Trend= Average Credit to GDP Ratio of past 5 years)

राष्ट्र बैकको विद्यमान निर्देशन अनुसार यदि Positive Gap ५% सम्म भएमा कुनै वफर राख्न नपर्ने तर त्यो ५% पछिको हरेक २.५% सम्मको ग्यापका लागि ०.५% अतिरिक्त पूँजी पर्याप्तता (प्राथमिक पुँजीकोष अन्तर्गतको Common Equity Tier 1, CET1 का आधारमा) वफर वापत अतिरिक्त पूँजी कायम गर्नु पर्ने छ र अधिकतम २.५% सम्मको सिसिबि राख्नुपर्छ ।  

विगत ५ वर्षहरुको Credit to GDP निम्नानुसार छः

आव २०७५/७६: ७५.५१%

आव २०७६/७७: ८४.१७%

आव २०७७/७८: ९५.९२%

आव २०७८/७९: ९५.५५%

आव २०७९/८०: ९०.६७%

Average Credit to GDP of the last 5 years भन्नु नै Trend= 88.36% हो ।

अव माथिको उल्लेखित शुत्रका आधारमा Credit to GDP Gap = 90.67%-88.36%= 2.30%.

Credit to GDP Gap 5% भन्दा कम भएकाले बैकहरुले CCB राख्न पर्दैन । यसर्थ, बैकहरुले CCB राख्न पर्यो । यस हिसावले कुनै पनि बैंकहरुले काउन्टर साइकल बफरको आधारमा कर्जा प्रवाह गर्न नसक्ने अवस्था नरहेको विश्लेषण गरिएको छ ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार