Nepal Life

यती एयरलाइन्सको नयाँ वर्ष योजना, २ वर्षभन्दा मुनिका बालबालिकालाई निःशुल्क उडान

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Fri 20:12
यती एयरलाइन्सको नयाँ वर्ष योजना, २ वर्षभन्दा मुनिका बालबालिकालाई निःशुल्क उडान
Sanima Reliance

काठमाडौं । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा यती एयरलाइन्सले २ वर्षभन्दा मुनिका बालबालिकालाई हवाई भाडा निःशुल्क गर्ने घोषणा गरेको छ ।

NIMB

सामाजिक सञ्जालहरुमार्फत ‘साना यात्रुका लागि निःशुल्क यात्रा’ योजना सार्वजनिक गर्दै शिशुहरुलाई यतीले हवाई भाडा शतप्रतिशत छुट गर्ने घोषणा गरेको हो । हरेक बालबालिकाले आफ्नो जीवनको पहिलो उडानको अनुभव यती एअरलाइन्स मार्फत नै सुरुवात होस् भनेर यो योजना ल्याइएको यती एअरलाइन्सले जानकारी दिएको छ ।

हाल एयरलाइन्सहरुले २४ महिनासम्मका शिशुहरुको उडानमा सेवा शुल्क लिंदै आएका छन् । यात्रुहरुलाई सुखद उडान यात्राको अनुभव दिन बच्चाहरुको हवाई भाडामा शतप्रतिशत छुट गरिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

उनका अनुसार हाललाई यो योजना नेपाली र विदेशी सबै शिशुहरुका लागि बैशाख १, २०८१ देखि सीमित समयको लागि लागू गरिएको छ । यो सुविधा लिनका लागि यात्रा गर्दा अभिभावकहरुले यती एअरलाइन्सको चेक—इन काउण्टरमा आफ्नो बच्चाको जन्मदर्ता अनिवार्य रुपमा देखाउनु पर्नेछ ।

यतीले बालबालिका, वृद्ध र फरक क्षमता भएका यात्रुहरुका लागि विशेष काउन्टरमार्फत सेवा दिँदै आइरहेको छ । हाल यती एयरलाइन्सले ७ वटा एटिआर–७२ विमानमार्फत दैनिक ६५ भन्दा बढी उडान गरी ४००० भन्दा धेरै यात्रुहरुलाई सेवा दिंदै आएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया