Nepal Life

नेशनल लाइफबाट ३ महिना भित्र ३ जना अभिकर्ताहरु एमडिआरटी बन्न सफल

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Fri 20:51
नेशनल लाइफबाट ३ महिना भित्र ३ जना अभिकर्ताहरु एमडिआरटी बन्न सफल
Sanima Reliance

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सबाट ३ महिना भित्रै ३ जना अभिकर्ताहरु एमडिआरटी – २०२५ बन्न सफल भएका छन । कम्पनीको विभिन्न शाखामा आवद्ध रही कार्य गर्ने अभिकर्ताहरु शशीकला तामाङ, नेत्र बहादुर राउत र बिमल न्यौपानेले तिन महिना भित्रै अभिकर्ताहरुको सर्वोच्च संस्था मिलियन डलर राउण्ड टेवल २०२५ मा छनौट हुन सफल भएका हुन् ।

NIMB

एमडिआरटी–२०२५ को लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ । एमडिआरटी – २०२५ को लक्ष्य पुरा गर्ने अभिकर्ताहरुले आगामी ९ महिना भित्र सिओटी (कोर्ट अफ द टेवल) र टिओटी (टप अफ द टेवल) को लक्ष्य समेत पुरा गर्ने गरी बीमा व्यवसायलाई अगाडी बढाउने धारणा व्यक्त गरेका थिए । एमडिआरटीमा तोकिएको प्रिमियमको ३ गुणा प्रिमियममा सिओटी र ६ गुणा प्रिमियममा टिओटी छनौट हुने प्रावधान रहेको छ ।

मिलियन डलर राउण्ड टेबल ‘एमडिआरटी’ बन्नका लागि नेपालीहरुले न्युनतम पनि ४६ लाख ९२ हजार ९०० रुपैयाँ बीमा शुल्क आर्जन गर्नु पर्छ । यस अघि सन् २०२४ मा ४१ लाख ७१ हजार ५०० रुपैयाँ बीमा शुल्क आर्जन गर्नुपर्ने व्यवस्था थियो । यस्तै, सन् २०२३ को लागि ३७ लाख ९२ हजार ३०० रुपैयाँ बीमा शुल्क आर्जन पर्थ्यो । 

सन् २०२५ भित्रमा तोकिएको बीमा शुल्क (एकल बाहेक) आम्दानी गर्ने बीमा अभिकर्ताहरु एमडिआरटी, सिओटी र टिओटी बन्न पाउनेछन् । एमडिआरटी निर्णायक समितिका अनुसार २०२५ को एमडिआरटी बन्नको लागि अभिकर्ताहरूले १५ लाख ६४ हजार ३०० रुपैयाँ कमिशन आर्जन गरेको हुनुपर्ने जनाएको छ । त्यस्तै एमडिआरटी ‘इन्कम’ आम्दानी २७ लाख ९ हजार ३०० रुपैयाँ हुनुपर्नेछ । यो टार्गेट चालु अंग्रेजी वर्ष २०२५ का लागि हो । सन् २०२५ मा यस्तो लक्ष्य पुरा गर्ने बीमा अभिकर्ताले एमडिआरटी ग्लोबल कन्फ्रेन्समा भाग लिन पाउने छन् । 

त्यस्तै एमडिआरटी कोर्ट अफ दि टेबल ‘सिओटी’ मा योग्य हुनका लागि एक करोड ४० लाख ७८ हजार ७०० रुपैयाँ बीमा शुल्क आर्जन गर्नु पर्नेछ । त्यस्तै टप अफ दि टेबल ‘टिओटी’ मा योग्य हुनका लागि २ करोड ८१ लाख ५७ हजार ४०० रुपैयाँ बीमा शुल्क आर्जन गरेको हुनु पर्नेछ । नेपालमा एमडिआरटी बन्नुलाई पनि प्रतिष्ठाकै विषयका रुपमा हेर्ने गरिन्छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया