Nepal Life

सुनको मूल्यमा भारी गिरावट, तोलामा कति पुग्यो?

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Sun 11:56
सुनको मूल्यमा भारी गिरावट, तोलामा कति पुग्यो?
Sanima Reliance

काठमाडौं । आइतबार सुनको मूल्यमा भारी गिरावट आएको छ। आज सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको छ। आइतबार मूल्य घटेर १ लाख ३६ हजार ८ सय रूपैयाँ पुगेको छ।

NIMB

शुक्रबार बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो। यस दिन सुन (छापावाल) प्रतितोला १ लाख ३९ हजार रूपैयाँ पुगेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन भने प्रतितोला १ लाख ३६ हजार १५० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार चाँदीको मूल्य पनि घटेको छ। प्रतितोला ५० रूपैयाँ घटेर आज बजारमा चाँदी १ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार