Nepal Life

गृहमन्त्री लामिछानेद्धारा ट्राफिक सचेतना विशेष अभियान २०८१ को उद्घान

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Sun 15:25
गृहमन्त्री लामिछानेद्धारा ट्राफिक सचेतना विशेष अभियान २०८१ को उद्घान
Sanima Reliance

काठमाडौं । ट्राफिक जनचेतना अभिवृद्धिका लागि ट्राफिक प्रहरीले साताव्यापी रुपमा “ट्राफिक सचेतना विशेष अभियान २०८१” आजबाट सुरु गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको उक्त कार्यक्रमको उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले काठमाडौंको प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभागृहमा पानसमा दीप प्रज्वलन गरि औपचारिक उद्घाटन गरेका हुन् ।

NIMB

कार्यक्रमको सुरुवाती क्रममा गृहमन्त्री लामिछाने समेतको उपस्थितिमा आज विहान नेपाल वायु सेवा निगम (NAC) अगाडीबाट शुरु भएको प्रभातफेरी वीर अस्पताल, पुरानो बसपार्क हुँदै राष्ट्रिय सभागृहमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रममा आफ्नो स्वागत मन्तव्य राख्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले कार्यक्रमको औचित्य माथी प्रकास पार्दै दुर्घटना न्युनिकरण गर्न र ट्राफिक जनचेतना अभिवृद्धिका लागि शुरु गरिएको यस कार्यक्रमलाई सफल पार्न आ-आफ्नो क्षेत्रबाट सहयोग तथा हाम्रो सडक मेरो सवारी, ट्राफिक नियम पालना पनि मेरो जिम्मेवारी भन्ने नारा सहित ८ ओटा ट्राफिक प्रतिवद्धता पालना गर्न सबैमा आग्रह समेत गरेका थिए ।

कार्यक्रमको सफलताको शुभकामना दिदै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सवारी तथा यातायात व्यबस्था ऐन २०४९ लाई समय सापेक्ष रुपमा परिवर्तन गर्नुका साथै ऐनमा देखिएका समस्यालाई समाधान गर्न आफू प्रतिवद्ध रहेको बताए । मन्तव्यकै क्रममा उपप्रधान एवम् गृहमन्त्री लामिछानेले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई नरम बोलीमा कारवाही भने कडा गर्न र आफ्नो काम कर्तव्य तथा जिम्मेवारीलाई निष्ठापूर्वक निर्वाह गर्न सडकमा खटिने ट्राफिक प्रहरीहरुलाई निर्देशन समेत दिए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले ट्राफिक व्यवस्थापन सुधारका लागि आ-आफ्नो क्षेत्रबाट गरेको सहयोगका लागि सम्बन्धित सबैलाई धन्यवाद दिए । एक हप्तासम्म निरन्तर चल्ने यस कार्यक्रममा आरक्षण सिट कार्यान्वयन, भाडादर सूची चेकजाँच, यात्रुमैत्री व्यवहार भए - नभएको अनुगमन, पैदलयात्रीसँग १ मिनेट कार्यक्रम, मोटरसाइकल चालकसँग २ मिनेट कार्यक्रम, Zero Traffic Violation, Keep Clear, यात्रुवहाक सवारी साधन परिक्षण र Police Band Display गर्नुका साथै मेट्रो ट्राफिक एफ.एम.बाट ट्राफिक सचेतना विशेष संवाद कार्यक्रम गरेर मनाइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

दिनहुँ हुने ट्राफिक नियम उल्लङ्घन, सडकको अवस्था, सवारीको यान्त्रिक गडबडी र सडक प्रयोगकर्तामा ट्राफिक नियमको पर्याप्त ज्ञानको अभाव पनि सवारी दुर्घटनाका कारण बनेकाले सडक सुरक्षा तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि यस कार्यक्रमको आयोजना गरिएको समेत प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले बताए ।

कार्यक्रममा गृह सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर, काठमाडौं महानगरपालिकाकी उप-प्रमुख सुनिता डंगोल, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृत तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीज्यूहरु, विभिन्न यातायात व्यवसायी संघसंस्थामा आवद्ध प्रतिनिधिहरू, हिसान, प्याव्सन तथा एन प्याव्सनका अध्यक्ष तथा प्रतिनिधिहरु र बिभिन्न सञ्चार गृहमा आबद्ध पत्रकारहरूको उपस्थिति रहेको थियो । यस कार्यक्रमको मेट्रो ट्राफिक एफ एम ९५.५ मेगाहर्ज र ट्राफिक प्रहरीको आधिकारिक फेसबुकबाट पनि प्रत्यक्ष प्रसारण गरिएको थियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार