Nepal Life

महालक्ष्मी विकास बैंकको शेयर लगानीकर्तालाई लक्षित बैंक खाता सञ्चालनमा

NMB Bank
  • BFIS News
  • 2024 Apr 14 15:27
महालक्ष्मी विकास बैंकको शेयर लगानीकर्तालाई लक्षित बैंक खाता सञ्चालनमा
National Life

काठमाडौं । नयाँ वर्षको अवसरमा महालक्ष्मी विकास बैंकले शेयर लगानीकर्ताहरुलाई सबै सुविधा एकै खाता मार्फत प्रदान गर्ने उद्देश्यका साथ महालक्ष्मी इन्भेष्टर्स शेयर सेभिङ्ग खाता (अल इन वान) सञ्चालनमा ल्याएको छ।

Shikhar
NIMB

यस खाता अन्तर्गत बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो सेयर, सि– आश्वा तथा टिएमएस खाताको सुविधा एकै खाता मार्फत लिन सक्नेछन्।

शून्य मौज्दातमै खोल्न सकिने यस खातामा डिम्याट खाता तथा टिएमएस खाता निशुल्क खोल्नुका साथै मेरो सेयर तथा सि–आश्वा दर्ता गर्न पनि शूल्क लाग्ने छैन। टिएमएस खाताको लागि विभिन्न स्टक ब्रोकर कम्पनीहरुसँग आवश्यक सहकार्य समेत बैंक आफैंले गर्नेछ।

यसबाट सेयर लगानीकर्ताहरुको स्टक ब्रोकर कम्पनीहरुसँगको पहुँचमा वृद्धि हुनुका साथै समयको बचत हुने विश्वास बैंकले लिएको छ।

बैंकले देशभर १०३ शाखा कार्यालयहरुबाट करिब ७ लाख ग्राहकलाई सेवा दिइरहेको छ।
 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया