Nepal Life

महालक्ष्मी विकास बैंकको इन्भेस्टर सेयर सेभिङ खाता सञ्चालनमा

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Sun 15:29
महालक्ष्मी विकास बैंकको इन्भेस्टर सेयर सेभिङ खाता सञ्चालनमा
Sanima Reliance

काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष-२०८१ को अवसरमा सबै सुविधा एकै खाता मार्फत प्रदान गर्ने गरी इन्भेस्टर सेयर सेभिङ खाता सञ्चालनमा ल्याएको छ ।

NIMB

सेयर किनबेच गर्ने सेयर लगानीकर्तालाई सबै सुविधा एकै खाता मार्फत प्रदान गर्ने उद्देश्यका साथ महालक्ष्मी इन्भेस्टर सेयर सेभिङ खाता (अल इन वान) सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

उक्त खातामा बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो सेयर, सि– आस्वा तथा टीएमएस खाता सुविधा एकै खाता मार्फत लिन सक्ने बैंकले जनाएको छ ।

शून्य मौज्दातमै खोल्न सकिने उक्त खातामा डिम्याट खाता तथा टीएमएस खाता निःशुल्क खोल्नुका साथै मेरो सेयर तथा सिआस्वा दर्ता गर्न पनि शुल्क नलाग्ने बैंकले जनाएको छ ।

टीएमएस खाताका लागि विभिन्न स्टक ब्रोकर कम्पनीहरूसँग आवश्यक सहकार्य समेत बैंक स्वयंले नै गर्ने जनाएको छ ।

सेयर लगानीकर्ताहरूको स्टक ब्रोकर कम्पनीहरूसँगको पहुँचमा वृद्धि हुनुका साथै समयको बचत हुने विश्वास बैंकले लिएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया