Nepal Life

आई.एम.ई. लाइफद्धारा चैत महिनामा एक करोड ३६ लाख रुपैयाँ दाबी भुक्तानी

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Sun 15:45
आई.एम.ई. लाइफद्धारा चैत महिनामा एक करोड ३६ लाख रुपैयाँ दाबी भुक्तानी
Sanima Reliance

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीले चैत्र महिनामा मात्रै एक करोड २६ लाख ६३ हजार ५०० रुपैयाँको दाबी दाबी भुक्तानी गरेको छ । कम्पनीले आवेदन परेको छोटो समयमै सम्पुर्ण प्रकृयाँहरु पुरा गरि २८ वटा बीमालेखको दाबी भुक्तानी गरेको हो । 

NIMB

जस मध्ये १२ वटा आवधिक जीवन बीमा पोलिसी, ७ वटा वैदेशिक रोजगार र ९ वटा सावधिक जीवन बीमा पोलिसी तर्फका छन् । जसमा सबैभन्दा ठुलो रकम वैेदशिक रोजगार बीमालेख बापत ८० लाख ५० हजार रहेको छ । 

कम्पनीले ग्राहकहरुलाई झन्झटरहित सेवा प्रदान गर्ने उद्देश्य सहित छोटो समयमै दाबी भुक्तानी गर्दै आइरहेको छ । कम्पनीले गएको फागुन महिनामा पनि एक करोड ४४ लाख रुपैयाँको दाबी भुक्तानी गरेको थियो । फागुनमा ३५ वटा बीमालेख बापत उक्त रकम भुक्तानी गरेको थियो । 

जीवन बीमा कम्पनीहरु मध्ये पछिल्ला समयमा आई.एम.ई लाइफले आक्रामक रुपमा बजार विस्तार गरिरहेको छ । आकर्षक बीमा पोलिसीका साथै सक्रिय अभिकर्तालाई देशव्यापी रुपमा परिचालन गर्दै आइरहेको छ । देशव्यापी शाखा सञ्जाल र अभिकर्ताको च्यानललाई अधिकतम उपयोग गर्दै कम्पनीका सम्पुर्ण कर्मचारीहरु अहोरात्र खटिदै आइरहेका छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया