Nepal Life

बीमा प्राधिकरणले पोष्ट मर्जर सम्बन्धी अन्तर्क्रिया गर्दै, कम्पनीहरुबाट उजुरीको चाङ !

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Wed 10:07
बीमा प्राधिकरणले पोष्ट मर्जर सम्बन्धी अन्तर्क्रिया गर्दै, कम्पनीहरुबाट उजुरीको चाङ !
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पोष्ट मर्जर सम्बन्धी अन्तर्क्रिया गर्ने भएको छ । मर्जर पछि बीमा कम्पनीहरुमा समस्याहरु चुलिदै जान थाले पछि प्राधिकरणले मर्जरमा गएका कम्पनीहरुलाई बोलाएर अन्तर्क्रिया आयोजना गर्न थालिएको बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । उनले भने ‘मर्जर भएका कम्पनीमा के के समस्या आए भनेर हेर्ने छौ । कर्मचारीका विषयमा समस्या आए भन्दै गर्दा उनिहरुबाटै समस्याहरु बुझ्न खोज्दै छौ । त्यस्तै सञ्चालक सम्बन्धी पनि समस्या आएको हुन सक्छ त्यसबारेमा बुझ्नका लागि हामीले कार्यक्रम आयोजना गर्न खोजिरहेका छौ ।’

NIMB

बीमा प्राधिकरणमा पनि केहि कर्मचारीहरुले उजुरी हालिसकेका छन् । केहि समय अगाडी हिमालयन लाइफका कर्मचारीहरुले आन्दोलन नै गरेका थिए । भिआरएसको सुविधा लिन चाहेका कर्मचारीलाई तोकिए अनुसारको भुक्तानी नदिए पछि उनिहरुले आन्दोलन नै गरेका थिए ।

साविकका दुई कम्पनी मिलेर एक कम्पनी बन्दै गर्दा सबै जनाको कार्यशैली फरक फरक थियो । अझ हिमालयन लाइफ तीन वटा कम्पनी मिलेर बनेको हो । हिजोका दिनमा प्रमुख कार्यकारी अधिकृतहरुले आ-आफ्नो ढङ्गले सञ्चालन गर्दै आएका थिए । मर्जर हुने वित्तीकै उनिहरुले पनि आफु अनुकुल काम गराउन सक्दैनन् । अर्को तर्फ हिजोका दिनमा एक किसिमको वातावरणमा काम गर्दै आएका कर्मचारीले मर्जर पछि अर्कै वातावरण पाउदा उनिहरुलाई धेरै असहज भएको देखिन्छ ।

बीमा प्राधिकरणले मर्जर अगाडी खाइपाइआएको तलब सुविधा घटाउन नपाउने व्यवस्था गरिदिएको छ । तर कतिपय कम्पनीहरुले सेवा सुविधा दिए पनि भुमिका दिएका छैनन् । काम गर्ने भुमिका नै नपाए पछि स्वभाविक रुपमा कर्मचारीहरुमा असन्तुष्टी सिर्जना हुन्छ । मर्जरले गर्दा कम्पनीहरुमा ओभर स्टाफिङ देखिन्छ । कर्मचारी धेरै भए भनेर सरुवा गर्दा पनि विवाद हुने, फरक काममा खटाउदा पनि विवाद हुने भए पछि उच्च व्यवस्थापनले ठुलो झमेला बेहोर्नु परिरहेको छ ।

बीमा प्राधिकरणले छिटो भन्दा छिटो मर्जर पछि कम्पनीमा देखापरेका समस्या समाधानको पहल नगर्ने हो भने भोलिका दिनमा झन् ठुलो समस्या निम्त्याउछ ।

बीमा कम्पनी मर्ज भए पनि कर्मचारी विच मर्जर हुन सकेन, जिम्मेवारी विहिन बनाउदा जागिर छाड्न बाध्य

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया