Nepal Life

सरकारले लगानीकर्ताको मनोबल कमजोर बनाउदा शेयर बजार बढ्न सकेन, छोटेलाल रौनियारको विश्लेषण

Global Ime detail Page
  • छोटेलाल रौनियार
  • 2024 Apr Tue 16:50
सरकारले लगानीकर्ताको मनोबल कमजोर बनाउदा शेयर बजार बढ्न सकेन, छोटेलाल रौनियारको विश्लेषण
Sanima Reliance

काठमाडौं । नयाँ वर्षमा शेयर बजार बढ्नु पर्ने थियो तर लगातार घटिरहेको छ । बैशाख महिना लगानीकर्ताका लागि एकदमै राम्रो महिना हो तर यस अवधिमा ४५ अंकले बजार घटिसकेको छ । यहि अवधिमा अर्थमन्त्री ज्यू लगानीकर्तालाई दिनु भएको कुनै पनि आश्वान पुरा नगरि विदेश भ्रमणमा गइदिनु भयो । यहि कारणले गर्दा लगानीकर्ताहरु निरास भएका हुन् । अर्थमन्त्रीले आउने वित्तीकै ६० हजार लगानीकर्ताको लागि केहि गर्छु भन्नु भएको थियो तर उहाँले भन्नु भएको जस्तै केहि पनि आएन ।

NIMB

लगानीकर्ताहरु सकारात्मक समाचार कुरेर बसिरहेका छन् । बजारमा लगानीकर्ताको मनोबल कमजोर देखिएको छ । अहिले चैत्र मसान्तको जस्तो व्याज सावा तिर्नु पर्ने दवाव छैन । लगभग लगानीकर्तालाई दवाव पार्ने सबै कुराहरु सकिसकेको छ । यस अवधिमा एक दुई वटा मात्रै सकारात्मक कामहरु हुने हो भने लगानीकर्ताको मनोबल बढ्न सक्छ ।

अहिले पनि अर्थमन्त्रीको हातबाट सजिलै हुने धेरै कामहरु छन् जसले लगानीकर्ताको मनोबल बढाउन सक्छ । कम्तिमा पनि नेपाल धितोपत्र बोर्डले प्रस्ताव गरेको ब्रोकर कमिशन घटाउने प्रस्ताव स्वीकृत गरिदिए पुग्छ । त्यस्तै आउदै गरेको आगामी बजेट मार्फत पूँजीगत लाभकर घटाउने प्रयत्न गर्न सक्नु हुन्छ । दीर्घकालिन लगानीकर्ताका लागि ३ प्रतिशत र अल्पकालिन लगानीकर्ताको लागि ५ प्रतिशत मात्रै ‘क्यापिटल गेन ट्याक्स’ लगाउने हो भने पूँजी बजारलाई धेरै ठुलो राहात मिल्छ । अर्थमन्त्री ज्यूले नेपाल धितोपत्र बोर्डबाट पूँजी बजार सुधारका लागि माग्नु भएको सुझावमा धेरै कुराहरु छन् । जुन तत्कालन कार्यान्वयन गर्न नसक्नुहोला तर पूँजीगत लाभकर र ब्रोकर कमिशन घटाउन उहाँलाई कुनै पनि समस्या छैन ।

अर्को तर्फ नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा त्यतिकै अलमल भइरहेको छ । यस सम्बन्धमा बजारमा धेरै नै नकारात्मक कुराहरु आइरहेका छन् । यसले पनि लगानीकर्तामा निसारा पैदा भएको छ । यि सबै कुराले लगानीकर्ताको मनोबल कमजोर हुन पुगेको हो ।

अर्थमन्त्री ज्यूले सुरुमा बोल्दा केहि होला कि भन्ने देखिएको थियो । जतिवेला शेयर बजार पनि झण्डै झण्डै २२ सय अंक पुग्न थालेको थियो । तर त्यस पछि केहि पनि नगरिदिदा लगानीकर्ताले पोत्याउने अवस्था आएन त्यसमा पनि सरकार नै के हुने हो भन्ने अन्योलताले गर्दा लगानीकर्ताको मनोबल कमजोर भयो । बजारले सकारात्मक समाचार खोजिरहेको समयमा यस्ता नकारात्मक कुराहरु बाहिरिनु पक्कै पनि सुखद होइन ।

शेयर बजारले अहिले सकारात्मक कुराहरु खोजिरहदा नेपाल राष्ट्र बैंकले १५/२० करोडको शेयर धितोकर्जाको सिमा हटाइदिनु पर्छ । रिस्क वेटेज १२५ प्रतिशतबाट १०० प्रतिशतमा झारिदिएको भए लगानीकर्ताले राहात महशुस गर्ने थिए । बैंकहरुले निक्षेपको व्याजदर जुन अनुपातमा घटाइरहेका छन् त्यो अनुपातमा कर्जाको व्याजदर भने घटाइरहेका छैनन् । यसले गर्दा बजारमा कर्जाको माग नै छैन ।

अहिले बैंकहरु सँग ६/७ खर्ब रुपैयाँ पैसा थुप्रिएर बसेको छ । तर शेयर बजारमा पैसा आउन सकेको छैन । यि सबै कुरालाई लगानीकर्ताहरुले संकास्पद हिसावले हेरिरहेका छन् । राष्ट्र बैंकको तथ्याङ्क अनुसार हामी सँग भएको वैदेशिक मुद्राको सञ्चितीले १४ महिनाको आयात धान्न सक्ने अवस्था छ । मुद्रास्फीति दर पनि त्यति धेरै माथि छैन । जिडिपीको ग्रोथ पनि ३.६ प्रतिशतमा खुम्चिने देखिएको छ । अर्को तर्फ रेमिट्यान्स आप्रवाह पनि प्रायाप्त मात्रामा भित्रिरहेको छ । वैदेशिक रोजगारमा जाने नेपालीको संख्या बढिरहेको हुँदा आगामी दिनमा अझै बढ्ने आकलन गर्न सकिन्छ । अर्को तर्फ आयात पनि घटिरहेको छ । यस हिसावले व्यालेन्स अफ पेमेन्ट सकारात्मक देखिइरहेको छ । सँग सँगै सरकारले अलिलि गरेर खर्च पनि बढाइरहेको छ ।

बजार सकारात्मक देखिने धेरै कुराहरु छन् तर लगानीकर्ताको मनोबल उकास्नलाई राष्ट्र बैंकको मौद्रिक नीति, सरकारको आर्थिक नीति ‘बजेट’ सकारात्मक आउनु पर्यो । होइन बजारलाई सकारात्मक बनाउने हो भने अर्थमन्त्री ज्यूले बजेट पनि कुर्नु पर्ने देखिदैन । पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजीगत लाभकर बजेट पछि नै घटाएका हुन् । त्यसैले अहिले पनि अर्थमन्त्रीले चाहनु भयो भने पूँजीगत लाभकर तत्काल घटाउन सक्नु हुन्छ । ब्रोकर कमिशन घटाउनका लागि उहाँले केवल एउटा हस्ताक्षर मात्रै गर्ने हो ।

तर हाम्रो देशको विडम्बना बोल्ने तर कार्यान्वयन नगर्ने अवस्था छ । यसले गर्दा लगानीकर्ताहरु निरास भएका हुन्छ । जहिले पनि लगानीकर्ताहरुले केहि समय कुर्छन् तर विस्तारै नहुने देखेपछि बाहिरिन्छन् । यसको नतिजा भनेको बजार घट्ने नै हो । अहिलेको अवस्थामा विश्वका कयौ स्टक एक्सचेन्ज बढिरहेका छन् । आर्थिक संकटको समाना गरिरहेको पाकिस्तानको स्टक एक्सचेन्जमा समेत लगातार बढिरहेको छ । दक्षिण एशियाली अन्य देशकै स्टक मार्केट हाम्रो भन्दा धेरै माथि छ ।

नेपालको शेयर बजारमा सैद्धान्तिक रुपमा बलियो कम्पनी बढ्दैनन तर सैद्धान्तिक रुपमै कमजोर कम्पनी भने बढिरहेका छन् । यसले गर्दा बजारमा घटाउने बढाउने चलखेल धेरै देखिन्छ । यस्ता विषयमा नियामकले लगानीकर्ताहरुलाई बुझाउनु पर्ने हो तर सबैले बोल्ने मात्रै काम गर्छन् तर कार्यान्वयन गर्न ४/५ वर्ष लगाइदिन्छन् जतिवेला त्यसको प्रभावकारीता नै घटिसकेको हुन्छ ।

बजारमा नकारात्मक समाचार मात्रै बाहिरिदै गर्दा एक तहका लगानीकर्ताहरु पनि बाध्य भएर बाहिरिन्छन् । यस्तै हुने हो भने किन लगानी गर्ने भन्दै उहाँहरु सुन, घरजग्गामा लाग्नु भएको छ । अहिले पनि बजारमा ६०/६५ लाखले डिम्याट खाता खोलेको भनिन्छ तर यस मध्ये २४/२५ लाख पनि सक्रिय छन् कि छैनन् भन्ने कुराहरु छ । निरासा भए पछि जसले पनि छाडेर हिडिहाल्छ । शेयर बजारका कयौ सक्रिय लगानीकर्ताहरु स्वदेश छाडेर विदेश गइसकेका छन् । कुनै पनि विद्यार्थी नेपाल बस्न चाहदैनन् । कयौ गाउँहरु खालि भइकसेका छन् । घर खेत खाली छ । गाउँमा कसैको मृत्यु भयो भने लास बोक्ने मानिस हुन छाडिसक्यो ।

यस्तो जर्जर अवस्थामा पनि सरकारलाई केहि मतलव छैन । केवल राजनीतिक भागबण्डामै समित छ । शेयर बजार मात्रै होइन समग्र अर्थतन्त्र नै सिथिल छ । बजारबाट १५/२० लाख उठाउन हिड्दा २० हजार पनि उठ्दैन । सटर तथा व्यवसायिक कम्प्लेक्स खाली भइरहेको छ । राजनीतिज्ञमा पनि जिम्मेवारी देखिदैन । अहिले मुलुक ‘भिसिएस सर्कल’मा फसिरहेको छ । मुलुक स्वार्थसमुहको चंगुलमा फसेको छ । संसदमा को विपक्षी को सत्ता पक्ष भनेर चिन्न मुस्किल छ । हरेक कुरामा सत्ता पक्ष र विपक्षको मिलेमतो देखिनु नेपालको विडम्बना हो । त्यसैले शेयर बजारमा सुधार चाहने हो भने लगानीकर्ताको कन्फिडेन्स बढाउको विकल्प छैन ।

(शेयर बजार विश्लेषक रौनियार नेपाल इन्भेष्टर फोरमका पुर्व अध्यक्ष हुन् । शेयर बजारलाई नजिकबाट बुझेका रौनियारले सधै शेयर बजार सुधारको वकालत गर्ने गरेका छन् ।)

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया