एलआइसी नेपालको साधारण सभा सम्पन्न, ५ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत
- BFIS News
- 2023 Aug Wed 17:46
काठमाडौं । एलआइसी नेपालको २० औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज सम्पन्न वार्षिक साधारणसभाले ५ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत गर्ने प्रस्ताव पारित गरेको छ । यस सँगै संस्थापक समुह तर्फको हिस्सा ६५ प्रतिशत र सर्वसाधारण समुह तर्फको हिस्सा ३५ प्रतिशत कायम भएको छ ।
सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चाल समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ । संस्थापक समुहका शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व जनाउने सञ्चालकको नियुक्तिलाई पनि अनुमोदन गरिएको छ ।
प्रतिक्रिया