सिटिजन्स बैंकमा रोजगारीको अवसर, कुन-कुन पदमा माग्यो कर्मचारी?
- BFIS News
- 2024 Apr Thu 07:27
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ। बैंकले केही संख्यामा म्यानेजमेन्ट ट्रेनी, ट्रेनी असिस्टेन्ट (कानून र शेयर विभाग) का लागि कर्मचारी माग गरेको हो।
म्यानेजमेन्ट ट्रेनीका लागि न्यूनतम शैक्षिक योग्यता एमबीए, एमबीएम वा एमआइएम गरेको हुनुपर्नेछ। यस्तै आवेदकको उमेर ३० वर्ष ननाघेको र न्युनतम ३.३ सिजिपिय ल्याएको हुनुपर्ने उल्लेख छ।
यस्तै ट्रेनी असिस्टेन्ट पदका लागि व्यवस्थापन संकायमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ। भने ट्रेनीको कानुन र शेयर विभागका लागि कानुन विषयमा स्नातक गरेको हुनुपर्नेछ।
तीनवटै पदमा दरखास्त दिन कार्यानुभव नचाहिने बैंकले जनाएको छ।
इच्छुक तथा योग्यता पुगेका आवेदकले आगामी मे ७ सम्म आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया