NIMB Header 2
Nepal Life

सूर्यज्योति र प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो है!

National Life
  • BFIS News
  • 2024 Apr 18 07:45
सूर्यज्योति र प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो है!
Sanima Reliance

काठमाडौं । आज सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी र प्रभु इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि भोलि वैशाख ७ गते अर्थात शुक्रबार बुक क्लोज गर्दैछन्। यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुमात्रै यी कम्पनीहरुद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्।  

Shikhar
NIMB

सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षका लागि १०.२६ प्रतिशत बोनस शेयर र २४.७४ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) गरी कुल ३५ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीका अनुसार आगामी वैशाख २१ गते आयोजना हुने कम्पनीको वार्षिक साधारण सभाबाट उक्त लाभांश पारित गरिने छ ।

यस्तै, प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/०८० का लागि ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। आगामी वैशाख २० गते बस्ने कम्पनीको वार्षिक साधारण सभाबाट प्रस्तावित लाभांश पारित गरिनेछ।


 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार