Nepal Life

एनआइसीको खुद नाफामा ५२.३० प्रतिशतको गिरावट, अन्य सूचकको अवस्था कस्तो?

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Fri 07:51
एनआइसीको खुद नाफामा ५२.३० प्रतिशतको गिरावट, अन्य सूचकको अवस्था कस्तो?
Sanima Reliance

काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेडको खुद नाफामा ५२.३० प्रतिशतको गिरावट आएको छ । बैंकले आज सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । बैंकले समीक्षा अवधिसम्म १ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

NIMB

चैत मसान्तसम्म बैंकले ८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ९ अर्ब ९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।  यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा ९.९५ प्रतिशतले कम हो । बैंकको खुद सञ्चालन आम्दानी ८ अर्ब १५ करोड रुपैयाँ छ ।

कर्मचारीको लागि २ अर्ब ८१ करोड रुपैयाँ खर्च गरेको बैंकको अन्य सञ्चालन खर्च १ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।  

यस अवधिमा बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । चैतसम्म बैंकको यस्तो नाफा १ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ ऋणात्मक छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड रुपैयाँ र जगेडा कोष १७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । साथै, बैंकले ३ खर्ब २७ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया