Nepal Life

सूर्यज्योति र प्रभु इन्स्योरेन्सको शेयरमूल्य समायोजन

NMB Bank
  • BFIS News
  • 2024 Apr 19 10:31
सूर्यज्योति र प्रभु इन्स्योरेन्सको शेयरमूल्य समायोजन
National Life

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो।

Shikhar
NIMB

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी इन्स्योरेन्सहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले सूर्यज्योतिको १०.२६ प्रतिशत र प्रभुको ४.७५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात सूर्यज्योतिको शेयरमूल्य ४५७ रुपैयाँ ७४ पैसा कायम भएको छ भने प्रभुको ७३७ रुपैयाँ ४७ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी इन्स्योरेन्सहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार दोस्रो बजारमा सूर्यज्योतिको शेयर प्रतिकित्ता ५०४ रुपैयाँ ७० पैसा र प्रभु इन्स्योरेन्सको ७७२ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा यी इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया