Nepal Life

इरानमाथि इजरायलको आक्रमण : बढ्यो सुन र कच्चा तेलको मूल्य, नेपालमा कस्तो पर्ला असर?

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Fri 11:16
इरानमाथि इजरायलको आक्रमण : बढ्यो सुन र कच्चा तेलको मूल्य, नेपालमा कस्तो पर्ला असर?
Sanima Reliance

काठमाडौं । अमेरिकी अधिकारीहरूले इरानमाथि इजरायलको आक्रमणको पुष्टि गरेपछि विश्वभर तेल र सुनको मूल्य बढेको छ। शुक्रबार एसियामा कच्चा तेलको मूल्यमा तीन प्रतिशतले वृद्धि भएको छ।

NIMB

कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब ९० डलर पुगेको छ ।

योसँगै सुनको भाउले पनि नयाँ कीर्तिमान छोएर प्रति औंस २४ सय डलर पुगेको छ ।

जापान, हङकङ र दक्षिण कोरियामा पनि बेन्चमार्क स्टकमा गिरावट आएको छ।

इरानको ड्रोन र मिसाइल आक्रमणपछि इजरायलको प्रतिक्रियामा लगानीकर्ताहरूले नजर राखेका छन्।

शुक्रबार बिहान अमेरिकी अधिकारीहरूले इजरायलले इरानमा मिसाइल हमला गरेको बताएका छन्। केही दिनअघि इरानले इजरायलमा आक्रमण गरेको थियो। उसले यसको जवाफ फर्काएको बताइएको छ। यसले तेल र सुनको मूल्य बढाएको छ।

कच्चा तेलको मूल्य बढ्दा यसले नेपालमा पनि मूल्य बढाउने निश्चित छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार आयल निगमले नयाँ भाउ तोक्दै आएको छ। आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।

 यसरी पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार भनेकै आइओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको दाम हो। कच्चा तेलको मूल्य बढेपछि भारतले नेपालमा पढाउने मूल्यसूची पनि बढेर आउनेछ।

आइओसीले हरेक महिना पन्ध्र-पन्ध्र दिनमा निगमलाई मूल्य पठाउँछ। त्यसपछि निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ।

अमेरिकी थिंक ट्याङ्क ‘सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडीज’का अनुसार दुई देशबीच तनाव कम नभए तेलको मूल्य प्रति ब्यारेल १०० डलरसम्म पुग्न सक्छ। सबै तेल मध्य पूर्वबाट आउँछ। साउदी अरेबिया, कुवेत, ओमान र युएई जस्ता ठूला तेल उत्पादक देशहरू त्यहाँ छन्।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार