Nepal Life

भवानी राणा समूहले खोल्यो सिरिञ्ज उद्योग, भविष्यमा विदेशसमेत निर्यात गर्ने लक्ष्य

NMB Bank
  • BFIS News
  • 2024 Apr 19 14:24
भवानी राणा समूहले खोल्यो सिरिञ्ज उद्योग, भविष्यमा विदेशसमेत निर्यात गर्ने लक्ष्य
National Life

काठमाडौं । फर्चुना हेल्थकेयर प्रालिले 'फर्चुना' ब्रान्डमा सिरिञ्ज उत्पादन सुरु गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणासहितको लगानी रहेको फर्चुना हेल्थकेयर प्रालिले सिरिञ्ज उत्पादन सुरू गरेको हो।

Shikhar
NIMB

उद्योगमा भवानी राणाका साथै उद्योगी भरतराज आचार्य, ईश्वर जिसी, बाबुकाजी कार्की लगायतको लगानी छ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलगायतले काठमाडौंमा आयोजित कार्यक्रममा सिरिञ्ज सार्वजनिक गरेका हुन्। फर्चुना हेल्थकेयरले एक एमएलदेखि ६० एमएलसम्मका निडलसहितका सिरिन्जहरू तथा इन्सुलिन सिरिन्जलगायतका उत्पादनहरू बजारमा ल्याएको हो।

कम्पनीले चाँडै नै आइभी क्यानुला, हाइ क्वालिटी ग्लभ्स, ब्लड कलेक्सन ट्युब, आइभी क्यानुला फिक्सटर, एब्जर्बेन्ट कटन उल आइपी, गज, आइभी सेट, युरिन ब्याग, क्रेप एन्ड रोल ब्यान्डेजलगायतका उत्पादन बजारमा ल्याउन लागेको जानकारी गराएको छ। सबै उत्पादनहरूको गुणस्तरमा सम्झौता नगर्ने र मूल्य पनि आयातित सिरिन्जको तुलनामा केही कम रहेको कम्पनीको दाबी छ।

कम्पनीकी अध्यक्ष भवानी राणाले तत्कालका लागि नेपाली बजारमा बिक्री वितरण गर्ने र भविष्यमा विदेशसमेत निर्यात गर्ने लक्ष्य रहेको बताइन्।

उद्योग स्थापना तथा उत्पादन विविधीकरणका लागि ८० करोड रूपैयाँ पुँजी राखेको फर्चुना हेल्थकेयर प्रालिले हालसम्म ५० करोड रूपैयाँ खर्च भइसकेको जनाएको छ। कम्पनीले आफ्ना उत्पादन विश्व स्वास्थ्य संगठनले औषधि उद्योगका लागि तोकेको मापदण्ड जिएमपी पूरा गरेको र नेपाल गुणस्तर चिह्न प्राप्तिका लागि प्रक्रिया अघि बढिसकेको जनाएको छ।

अध्यक्ष राणाले नेपालको औद्योगिक क्षेत्र र गुणस्तरीय स्वास्थ्य उपकरणको अभावलाई पूर्ति गर्ने र आयात प्रतिस्थापन गर्ने लक्ष्य लिएको बताइन् । उनले नेपाली बजारमा आवश्यक पर्ने सबै खाले सिरिञ्ज उत्पादन गरी आत्मनिर्भर बनाउने उद्देश्य उद्योगको रहेको बताइन् ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया