Nepal Life

लक्ष्मी सनराइज बैंकको मुनाफा २७.७० प्रतिशतले बढ्यो, खुद व्याज आम्दानीमा सत प्रतिशत बृद्धि

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Fri 21:03
लक्ष्मी सनराइज बैंकको मुनाफा २७.७० प्रतिशतले बढ्यो, खुद व्याज आम्दानीमा सत प्रतिशत बृद्धि
Sanima Reliance

काठमाडौं । लक्ष्मी सनराइज बैंकको मुनाफा २७.७० प्रतिशतले बढेको छ । बैंकले चैत मसान्तसम्ममा एक अर्ब ६१ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

NIMB

खुद व्याज आम्दानी १०३.५ प्रतिशतले बढे सँगै बैंकको मुनाफामा उल्लेख्य बृद्धि देखिएको हो । खराव कर्जा बढे पनि खुद व्याज आम्दानीको कारण बैंकको मुनाफामा सुधार देखिएको हो । खुद व्याज आम्दानी ८ अर्ब ५३ करोड रुपैयाँ रहेको छ ।

मर्जर पछि बैंकको चुक्ता पूँजी २३ अर्ब १८ करोड पुगेको छ भने जगेडा कोषमा १७ अर्ब ८४ करोड रुपैयाँ जम्मा भएको छ । समिक्षा अवधिमा बैंकले ३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरि २ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । खराव कर्जा बढ्दा बैंकको प्रभिजनिङ ह्वात्तै बढेको छ । यसले गर्दा बैंकको मुनाफा कम देखिएको हो । खराव कर्जा सल्टिदै गएमा बैंकको मुनाफामा व्यापक सुधार देखिनेछ । तर अहिलेको अवस्थामा प्रतिशेयर आम्दानी ९.२९ रुपैयाँ छ भने खराव कर्जा ५.४९ प्रतिशत छ । वितरण योग्य मुनाफा भने एक अर्ब २४ करोडले ऋणात्मक छ । बैंकले आगामी असार मसान्त भित्रमा खराव कर्जामा व्यापक सुधार गर्नु पर्ने देखिएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया