Nepal Life

जापानका होटल व्यवसायी कँडेलले श्रीमतिलाई दिए वर्षगाठमा नेशनल लाइफको बीमा पोलिसी उपहार

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Fri 21:22
जापानका होटल व्यवसायी कँडेलले श्रीमतिलाई दिए वर्षगाठमा नेशनल लाइफको बीमा पोलिसी उपहार
Sanima Reliance

काठमाडौं । जापानमा होटल सञ्चालन गर्दै आइरहेका हरि प्रसाद कँडेलले आफ्नो वैवाहिक वर्षगाठको उपलक्ष्यमा श्रीमति अस्मिता कडेललाई बीमा पोलिसी उपहार दिएका छन् ।

NIMB

कँडेलले ८ औं वर्षगाठमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ‘अमृत श्री बीमा योजना’ उपहार दिएको कम्पनीका वरिष्ठ व्यवसाय प्रबन्धक नारायण सुवेदीले जानकारी दिए । गैडाकोट १० नवलपरासी स्थायी घर भएका  कँडेल आफैले पनि यस भन्दा अगाडी नेशनल लाइफकै २० लाखको अमृत वर्षा -१ बीमा योजना खरिद गरि सकेका छन् ।  

अमृत वर्षा -१ मा‌ आफूले मात्र चार वर्ष लगानी गरेपछि कम्पनीले फिर्ता दिएको भुक्तानीले नै बाँकी बीमा शुल्क तिर्न सकिने र चार वर्षपछि थप लगानीको आवश्यकता नपर्ने भएकाले वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरू माझ यो बीमा निकै नै रुचाइएको छ । 

जीवत रहदा आफैले र जीवन पश्चात परिवारले आर्थिक सुरक्षा पाउने भएकाले यस पोलिसीमा बीमितको सर्वाधिक आकर्षण देखिएको सुवेदी बताउछन् ।

अर्को तर्फ कम्पनीले यो पोलिसी निम्न आय भएका बीमितहरुलाई समेत लक्षित गरेर ल्याएको हो । यो योजना बीमितको आय श्रोत अनुसार न्युनतम ५ लाख रुपैयाँदेखि आयस्रोतले भ्याएसम्मको बीमाङ्क रकम रोज्न सकिनेछ । यो योजनामा सहभागी बीमितको जुनसुकै बेला मृत्यु भए पनि कम्पनीले परिवारजनलाई एक मुष्ठ रुपमा बीमांक र वोनस रकम उपलब्ध गराउनेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया