Nepal Life

नविल बैंकको मुनाफा ८.७६ प्रतिशतले घट्यो, खुद व्याज आम्दानी १२ अर्ब ५५ करोड

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Fri 22:07
नविल बैंकको मुनाफा ८.७६ प्रतिशतले घट्यो, खुद व्याज आम्दानी १२ अर्ब ५५ करोड
Sanima Reliance

काठमाडौं । नविल बैंक चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा ४ अर्ब ६६ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले समिक्षा अवधिमा ८.७६ प्रतिशतले घटेको हो । 

NIMB

खराव कर्जाले समग्र बैंकिङ क्षेत्रलाई नै नराम्रो असर पार्दा नविल बैंकलाई पनि धक्का पुर्याएको छ । खराव कर्जा ४.०५ प्रतिशत रहेता पनि बैंकको वितरण योग्य मुनाफा भने एक अर्ब ५४ करोडमा सिमित भएको छ । जवकी कयौ बैंकहरुको यस्तो मुनाफा ऋणात्मक छ । बैंकलाई आगामी असार भित्रमा खराव कर्जा घटाउनु पर्ने बाध्यता छ ।

चुक्ता पूँजी २७ अर्ब ५ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २७ अर्ब ७८ करोड रुपैयाँ जम्मा भइसकेको छ । समिक्षा अवधिमा बैंकले ४ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरि ३ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ । गत असारको तुलनामा कर्जा विस्तार ४ प्रतिशत हाराहारी हुँदा निक्षेप भने १० प्रतिशतले बढेको छ ।

खुद व्याज आम्दानी ३.७२ प्रतिशतले बढेर १२ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । खराव कर्जा बढे सँगै ३ अर्ब २३ करोडको प्रोभिजनिङ गर्नु परेको छ । बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ हुँदा प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया