Nepal Life

ग्लोबल आइएमई बैंकको खुद व्याज आम्दानी १० प्रतिशतले बढ्यो, खराव कर्जाले मुनाफा प्रभावित

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Sat 04:43
ग्लोबल आइएमई बैंकको खुद व्याज आम्दानी १० प्रतिशतले बढ्यो, खराव कर्जाले मुनाफा प्रभावित
Sanima Reliance

काठमाडौं । अर्थतन्त्रमा आएको मन्दीको प्रभाव बैंकहरुको वित्तीय विवरणमा देखिएको छ । आर्थिक अवस्था नाजुक हुँदै गर्दा बढेको खराव कर्जाले ग्लोबल आइएई बैंकले ५ अर्ब २५ करोड रुपैयाँको प्रोभिजनिङ गर्नु परेको छ । यस सँगै बैंकको खुद व्याज आम्दानीमा सुधार आउदा पनि मुनाफा २४.१३ प्रतिशतले घटेको छ ।

NIMB

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा ३ अर्ब ३० करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । जवकी गत वर्षको यहि अवधिमा ४ अर्ब ३५ करोड थियो । समिक्षा अवधिमा बैंकले ४ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ३ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसँग तुलना गर्दा निक्षेप संकलन ७.८५ प्रतिशतले बढ्दा ३.४९ प्रतिशतले कर्जा विस्तार भएको छ । खुद व्याज आम्दानी १०.४९ प्रतिशतले बढेर १३ अर्ब २ करोड रहेको छ ।

बैंकको चुक्ता पूँजी ३६ अर्ब १२ करोड रहेको छ भने जगेडा कोषमा २२ अर्ब ४३ करोड पुगेको छ । प्रतिशेयर आम्दानी १२.२० रुपैयाँ हुँदा प्रतिशेयर नेटवर्थ १६०.९२ रुपैयाँ छ । खराव कर्जा ४.७४ प्रतिशत हुँदा बढेको प्रोभिजनिङ पश्चात वितरणयोग्य मुनाफा ४२ करोडमा समिति भएको छ । यो मुनाफा बढ्नका लागि बैंकको खराव कर्जामा सुधार आउनु पर्छ । यसका लागि बैंकलाई अव ३ महिनाको समय छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया