Nepal Life

कर्मचारी सञ्चय कोषद्वारा रु. ४५८ करोड मुनाफा वितरण

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Sat 22:26
कर्मचारी सञ्चय कोषद्वारा रु. ४५८ करोड मुनाफा वितरण
Sanima Reliance

काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताहरुलाई मुनाफा वितरण गरेको छ । कोष संचालक समितिको मंगलबार बसेको बैठकले आर्थिक बर्ष २०७९/८० को वित्तीय विवरण स्वीकृत गर्दै मुनाफा वितरण गर्ने निर्णय गरेको हो ।

NIMB

कोषले सञ्चय कोषका सञ्चयकर्ता तथा निवृत्तभरण कोषका योगदानकर्तालाई आर्थिक वर्ष २०७९/८० को व्यक्तिगत खातामा रहेको शुरु मौज्दात रकममा १.१० प्रतिशतका दरले हुन आउने रकम मुनाफाको रुपमा वितरण गरेको हो। निर्णय भएसँगै सञ्चय कोषका सञ्चयकर्ता तथा निवृत्तभरण कोषका योगदानकर्ताको खातामा उक्त रकम जम्मा गरिएको कोषले जनाएको छ ।

कोषले आर्थिक वर्ष २०७९/८० मा सञ्चयकर्तालाई कोष रकमको धितोमा प्रवाह भएको विशेष सापटीमा लगाउने ब्याज र कोष रकममा प्रदान गर्ने व्याजदरमा १.१० प्रतिशतको फरक रहेकोमा यस मुनाफा विवरण पश्चात सञ्चयकर्तालाई थप व्याजको भार नपर्ने अवस था हुन गएको छ । आव २०८०/८१ का लागि कोषमा रहेको रकममा ७.५ प्रतिशतका दरले ब्याज समेत प्रदान भइरहेको छ । कोषको यो निर्णयसँगै सञ्चयकर्ताले आ.व.२०८०/८१ को शुरु मौज्दातमा ८.६ प्रतिशतको दरले व्याज प्राप्त गरेका छन ।

कोषमा आर्थिक वर्ष २०७९/८० को शुरु मौज्दात रु. ४१६३६ करोड रहेकोमा उक्त रकमको आधारमा मुनाफा रकम वितरण भएसँगै रु. ४५८ करोड बराबरको रकम कार्यरत तथा पूर्व सञ्चयकर्ताको करिव ८ लाख ६० हजार खातामा जम्मा गरिएको छ । कोषले आफ्नै स्रोतबाट स्वास्थ्य उपचार सुबिधा, काजकिरिया अनुदान, सुत्केरी तथा शिशु स्याहार सुविधा, दुर्घटना क्षतिपूर्ति अनुदान लगायतका सामाजिक सुरक्षा सुविधाहरु प्रदान गर्दै आएको छ । कोषले प्रत्येक वर्षको मुनाफाको रकम सञ्चयकर्ताको लागि खडा गरिएका कोषमा जम्मा गरी यस प्रकारका योजना सञ्चालन गर्दै आएको छ ।

सामाजिक सुरक्षा योजना सञ्चालनको लागि यस वर्ष मुनाफाको १२ प्रतिशतले हुने रकम रु. ७२ करोड २० लाख छुट्याइएको छ । कोषले आफ्ना सदस्यहरुको सेवाकालको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले विशेष सापटी, घर सापटी, शैक्षिक सापटी घर मर्मत सापटी, सरल कर्जा, जग्गा खरिद सापटी जस्ता सापटी सुविधाहरु समेत कोषबाट उपलब्ध हुँदै आएको छ । सञ्ज्ञ्वयकर्ताको सञ्चित रकममा चक्रवृद्धि ब्याज तथा हरेक वर्ष मुनाफा प्रदान गर्ने गरिएको छ । कोषले आफुसँग भएको वित्तिय श्रोतलाई सञ्चयकर्ताको हितमा अधिकतम प्रयोग गरिरहेको छ ।

कोषले ११ वटा विभाग तथा ७ वटै प्रदेशमा रहेका ८ वटा शाखा कार्यालय र ३ वटा सेवा केन्द्रहरुमार्फत सेवा प्रवाह गरिरहेको छ । वि.सं. २०१९ मा स्थापना भएको कोषमा हाल करिव ५ सय १२ अर्व भन्दा बढीको वित्तिय स्रोत विभिन्न क्षेत्रमा परिचालन गरि व्यवस्थापन गरी रहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया