Nepal Life

हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखको नवीकरणमा सत प्रतिशतसम्म छुट दिने

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Sun 08:10
हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखको नवीकरणमा सत प्रतिशतसम्म छुट दिने
Sanima Reliance

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्क (ब्याज/जरिवाना) मा १०० प्रतिशतसम्म छुट दिने भएको छ ।

NIMB

इन्स्योरेन्सले सूचना जारी गर्दै आज (वैशाख ९ गते) देखि वैशाख २४ गतेसम्म नवीकरण गराउँदा १०० प्रतिशतसम्म छुट दिने जानकारी दिएको हो।

कम्पनीले साविकको प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखमा छुट दिँदैछ।

तीन वर्षसम्मको व्यतित बीमालेख अवधिमा १०० प्रतिशत, तीनदेखि माथि पाँच वर्षसम्ममा ५० प्रतिशत, पाँचदेखि माथि सात वर्षसम्म ३५ प्रतिशत र सात वर्षदेखि माथि जतिसुकै व्यतित बीमालेख अवधिमा २५ प्रतिशत छुट दिने सूचनामा उल्लेख छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया