Nepal Life

प्रभु हेलिकप्टरका क्याप्टेन शेर्पा परे निलम्बनमा

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Mon 07:35
प्रभु हेलिकप्टरका क्याप्टेन शेर्पा परे निलम्बनमा
Sanima Reliance

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टर लिमिटेडका क्याप्टेनलाई निलम्बन गरेको छ। प्राधिकरणका अनुसार क्याप्टेन पासाङ शेर्पालाई निलम्बन गरिएको हो।

NIMB

शेर्पाले उडानका दौरान अस्वीकार्य र अनधिकृत गतिविधि गरेका थिए । उनलाई अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरिएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता हंसराज पाण्डेले भने, 'क्याप्टेन शेर्पाले उडानका दौरान केही अस्वीकार्य र अनधिकृत गतिविधि गरेका कारण अर्को सूचना जारी नभएसम्म निलम्बन गरिएको हो।'

उनले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

 

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया