Nepal Life

एटिएमबाट पैसा झिक्दा आएन अनि ब्यालेन्स पनि घट्यो? कहिलेसम्म आउँछ फिर्ता?

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Tue 08:32
एटिएमबाट पैसा झिक्दा आएन अनि ब्यालेन्स पनि घट्यो? कहिलेसम्म आउँछ फिर्ता?
Sanima Reliance

काठमाडौं । कार्ड प्रयोग गरेर एटिएमबाट नगद निकाल्दा कुनै प्राविधिक समस्याको कारणले कहिलेकाँही ननिस्कन सक्छ र खाताबाट मौज्दात घट्न सक्छ।

NIMB

यस्तो अवस्थामा रकम फिर्ता गर्नका लागि ग्राहकले खबर गरेमा वा बैंक आफैंले देहायबमोजिमको अवधिभित्र ग्राहकको खातामा रकमको हिसाब मिलाउनुपर्ने व्यवस्था रहेको छ -

(क) कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटिएम एउटै संस्थाको भएमा कारोबार भएपछिको एक दिन भित्र

(ख) कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटिएम फरक संस्थाको भई दुवै नेपाली संस्था भएमा कारोबार भएपछिको तीन दिन भित्र

(ग) कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटिएम फरक संस्थाको भई कुनै एक विदेशी संस्था भएमा कारोबार भएपछिको ३० दिन भित्र

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया