Nepal Life

सिद्धार्थ बैंकको ५ लाख १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Apr 23 10:17
सिद्धार्थ बैंकको ५ लाख १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा
National Life

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले ५ लाख १० हजार ३०७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

Shikhar
NIMB

शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्।
 
इच्छुक शेयरधनी आवेदनकर्ताले काठमाडौंस्थित नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयको सचिवालयमा आफूले लिन चाहेको शेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ। आवेदन सूचना प्रकाशित भएको ३५ दिनभित्र दिइसक्नुपर्नेछ।  

तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया