Nepal Life

ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो?

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Tue 12:12
ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो?
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा २ हजार ७ सयले ओरालो लागेको हो।

NIMB

सोमबार तोलामा रु १ लाख ३८ हजार २ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु १ लाख ३५ हजार ५ सय निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन सोमबार तोलामा रु १ लाख ३७ हजार ५ सयमा कारोबार भएकामा आजका लागि भने रु १ लाख ३४ हजार ८ सय ५० निर्धारण भएको छ ।

महासङ्घका अनुसार चाँदीको मूल्य आज तोलामा रु ४५ ले घटेको छ । सोमबार प्रतितोला रु १ हजार ७०५ मा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ६६० निर्धारण भएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया