Nepal Life

नेपाल लाइफले सार्वजनिक गर्यो कम शुल्कमा ५ गुणा फाइदा दिने ‘केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना’

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Tue 14:25
नेपाल लाइफले सार्वजनिक गर्यो कम शुल्कमा ५ गुणा फाइदा दिने ‘केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना’
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली तथा नेशनल सेल्स हेड उमापती पोखरेलले संयुक्त रुपमा ‘नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना’को औपचारिक रुपमा सार्वजनिक गरेका छन् । आज केन्द्रिय कार्यालयमा आयोजना गरेको एक विशेष समरोहका विचमा अभिकर्ता तथा बीमितहरुको लामो समयको पर्खाइ पछि बालबालिका सम्बन्धी नयाँ बीमा पोलिसी जारी भएको हो ।

NIMB

बीमा पोलिसी सार्वजनिक समारोहलाई संबोधन गर्दै नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत पराजुलीले नेपालको माटो सुहाउदो एकदमै कम मूल्य पर्ने गरी बीमा पोलिसी जारी गरिएको बताएका छन् । यस पोलिसीमा अतिरिक्त सुविधाहरु अन्तर्गत पर्ने व्यवस्थाहरुलाई अनिवार्य सुविधा अन्तर्गत राखिएको पराजुलीले जानकारी दिए । यो बीमा पोलिसीले बीमित बालबालिकाका साथै अभिभावकको पनि जोखिम बहन गर्ने व्यवस्था गरेको उनले बताए । यो पोलिसीले नेपाल लाइफको बजार हिस्सा बढाउन ठुलो मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

सार्वजनिक समारोहलाई संबोधन गर्दै नेशलन सेल्स हेड पोखरेलले सुनौलो केटाकेटी भविष्य जीवन बीमा योजनाको अपार सफलता पछि अन्त्यन्तै आकर्षक फिचर सहित प्रतिस्पर्धी बीमा योजनाका रुपमा नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना ल्याइएको बताए । यो योजना जनचाहना अनुरुपको रहेको हुँदा यसले पहिलाको भन्दा धेरै सफलता पाउने उनले विश्वास व्यक्त गरेका छन् । यो योजनाले ५ गुणा बढि फाइदा लिने उनको भनाइ छ । नेपाली बजारमै नेपाल बीमा प्राधिकरणको नयाँ व्यवस्था अनुरुप नयाँ पोलिसी नहुँद खड्किएको अभावलाई यस बीमा योजनाले परिपुर्ती गर्ने उनको दाबी छ ।

केहि समयदेखि नेपाल लाइफले १७ वर्ष भन्दा कम उमेर समुहलाई समेट्न नसकिरहेको अवस्थामा यस बीमा पोलिसीले परिपुर्ती गरेको पेशागत जीवन बीमा अभिकर्ता संघका महासचिव ओम केसीले बताए । अभिकर्ताको काम बजारमा उपलब्ध बीमा पोलिसीको विश्लेषण गरि बीमितको आवश्यकता हेरि बिक्री गर्ने भएकाले यस पोलिसीले अभिकर्ताहरुलाई बिक्री गर्न धेरै सजिलो बनाउने विश्वास समेत व्यक्त गरेका छन् । नेपालमा जस्ता सुकै बीमा पोलिसी नेपाल लाइफमा पाइन्छ भन्ने मान्यताको विकास गर्न कम्पनीले आगामी दिनमा हरेक किसिमका बीमा योजना ल्याउनु पर्ने केसीको सुझाव छ । उनले कम्पनीलाई बजार हिस्सा बढाउने गरि अगाडि बढ्न समेत सुझाव दिएका छ्न ।

सुनिश्चित शिक्षा सुनिश्चित भविष्य भन्ने नारा सहित सार्जनिक गरेको यस पोलिसीले केटाकेटीको भविष्य निर्माणमा ठुलो भुमिका खेल्ने कम्पनीका कम्पनी सचिव विनोद भुजेलले जानकारी दिए । पोलिसी अनावरण कार्यक्रममा प्रमुख कार्याकरी अधिकृत, नेशनल सेल्स हेड, विभागीय प्रमुख, कर्मचारी तथा अभिकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी हुन नसक्नेहरुलाई फेसबुक लाइफ मार्फत जोडिएको थियो । कार्यक्रममा पोलिसीको विषयमा पुर्ण जानकारी दिने गरि तयार पारिएको भिडियो पनि सार्वजनिक गरिएको छ ।

अभिभावकले यो बीमा योजना न्युनतम २५ हजार रुपैयाँदेखि अधिकतम आयश्रोतले धान्न सक्ने गरी आफ्ना बालबालिकाको बीमा गराउन सक्ने कम्पनीले जनाएको छ । यो बीमा एक महिनादेखि १७ वर्ष उमेर समुहका बालबालिकाको गराउन सकिने व्यवस्था रहेको छ ।

बालबालिकाको प्रस्तावकको उमेर न्युनतम २१ वर्षदेखि अधिकतम ६५ वर्ष विचको हुनुपर्नेछ । कानुनी रुपमा विवाह गर्ने उमेर २० वर्ष तोकिएकोले कम्पनीले प्रस्तावको न्युनतम उमेर २१ वर्ष निर्धारण गरेको हो । यसका साथै बालबालिकको अधिकतम उमेर २५ वर्षमा र प्रस्तावकको उमेर ७० वर्षमा बीमा अवधि समाप्त हुने गरि पोलिसी निर्धारण गर्नुपर्नेछ ।

बीमा पोलिसीमा प्रस्तावले ऐच्छिक सुविधा अन्तर्गत दुर्घटना मृत्यु लाभ ‘ADB’ पुर्ण रुपमा अशक्ता/प्रिमियम छुट लाभ ‘PTD/PWB’ घातक रोग ‘CI’ विरुद्धको सुविधा पाउन सक्ने छन् । बीमितले आफुलाई सुविधा हुने गरी वार्षिक/अर्धवार्षिक/त्रैमाशिक/मासिक तथा एकल भुक्तानीको सुविधा पाउने कम्पनीले जनाएको छ । तर वार्षिक रुपमा बीमा शुल्क भुक्तानी गर्दा थप शुल्क भुक्तानी गर्नु नपरे पनि अर्धवार्षिक रुपमा बीमा शुल्क भुक्तानी गर्दा भने १ प्रतिशत थप बीमा शुल्क भुक्तानी गर्नु पर्छ । त्यस्तै त्रैमाशिक र मासिक रुपमा बीमा शुल्क भुक्तानी गर्दा भने २ प्रतिशत थप बीमा शुल्क भुक्तानी गर्नु पर्ने व्यवस्था छ ।

ऋण तथा समर्पण सुविधा

वार्षिक ३ किस्ता बीमा शुल्क भुक्तानी गर्नुका साथै बीमा प्रारम्भ भएको मितिबाट ३ वर्ष पुरा भए पश्चात मात्रै समर्पणको सुविधा रहेको छ । यसरी समर्पण गर्नु पर्ने बाध्यता आइपरेमा कम्पनीले बीमितलाई समर्पण मूल्यको ९० प्रतिशत वा बीमाङ्क रकमकको २५ प्रतिशत रकम तथा आर्जित बोनस मध्ये जुन रकम कम हुन्छ सो रकम ऋणको रुपमा उपलब्ध गराउनेछ । बीमा अवधिभित्र बीमित बालिबालिका तथा प्रस्तावकको मृत्यु भएमा ऋण सुविधा बापत दिइएको रकम कटाइ बाँकी रकम भुक्तानी गरिने व्यवस्था छ ।

समर्पण सुविधा अन्तर्गत वार्षिक ३ किस्ता बीमा शुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ । समर्पण मूल्यको गणना नेपाल बीमा प्राधिकरणको स्वीकृत विधि अनुरुप कम्पनीले गर्नछ ।

जोखिम प्रारम्भ

यस बीमा योजनामा प्रस्तावकको बीमा प्रारम्भ भएको मितिदेखि जोखिम प्रारम्भ हुन्छ भने बालिबालिकाको बीमा प्रारम्भ भएको मितिले २ वर्ष पछि वा बच्चाको उमेर ५ वर्ष पुरा भए पछिको बीमालेखको वार्षिकोत्सव जुन अगाडी आउछ सोहि समयदेखि जोखिम प्रारम्भ हुने कम्पनीले जनाएको छ ।

भवितव्य मृत्यु लाभको सुविधा

कम्पनीले भवितव्य मृत्यु लाभका व्यवस्थाहरु नेपाल बीमा प्राधिकरणले जारी गरेको बालबालिका बीमालेखको अधिनमा रहि जारी गरेको छ ।

बीमालेख चालु रही बीमा अवधि समाप्ती मितिसम्म बीमित (प्रस्तावक तथा बालबालिका) जीवत रहेमा शर्तहरुको अधिनमा रही बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम र आर्जिन बोनस बीमा अवधि समाप्तिमा प्रस्तावकलाई एकमुष्ठ भुक्तानी दिइने कम्पनीले जनाएको छ ।  

यदि बीमा अवधि भित्र जुनसुकै समयमा प्रस्तावक भन्दा अगाडी बीमित बालबालिकाको मृत्यु भएमा बीमाङ्क रकमको २५ प्रतिशत तथा आर्जित बोनस र वा बीमितले भुक्तानी गरेको बीमाशुलक रकम मध्ये जुन बढि हुन्छ सो रकम भुक्तानी गरने र बीमालेख स्वतः अन्त्य हुनेछ । तर बीमा जोखिम प्रारम्भ हुनु भन्दा अगाडी बीमित बालबालिकाको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमित बालबालिकाको मृत्यु हुनुभन्दा अघिसम्म भुक्तानी गरिएको बीमाशुल्क भुक्तानी गरिने र सो पश्चात बीमा लेख स्वत अन्त्य हुने कम्पनीले जनाएको छ ।

यदि बीमा अवधि भित्र जुनसुकै समयमा बालबालिका छदै प्रस्तावकको मृत्यु भएमा बाँकी अवधिको बीमा शुल्क मिनाहा गरी बीमालेखलाई निरन्तरता दिइने व्यवस्था छ । यसका अतिरिक्त बीमित बालबालिकाले मासिक आय सुविधा अन्तर्गत बीमाङ्कको १ प्रतिशत बराबरको रकम बीमित बालबालिकालाई घटना घटे पश्चात बीमा अवधि समाप्तीसम्मका लागि प्रदान गरिनेछ । साथै बीमा अवधि समाप्तीमा बीमाङ्क रकम र बीमा अवधि समाप्तीसम्मको आर्जित बोनस  समेत एकमुष्ठ भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

जीवन अनिश्चित छ । यदि बीमा अवधिभित्र बीमित बालबालिका तथा प्रस्तावकको एकै साथ मृत्यु भएमा प्रस्तावकको मृत्यु बापत बीमाङ्क रकम र आर्जित बोनस तथा बीमित बालबालिकाको मृत्यु बापत बीमाङ्क रकमको २५ प्रतिशत रकम भुक्तानी गरिने र बीमालेख स्वत अन्त्य हुनेछ । अर्को तर्फ यदि बीमा अवधिभित्र प्रस्तावकको मृत्यु भए पश्चात बीमित बालबालिकाको समेत मृत्यु भएका खण्डमा बीमाङ्कको २५ प्रतिशत तथा बीमित बालिका जिवीत रहुन्जेलसम्मको आर्जित बोनस र बीमितले भुक्तानी गरेको बीमाशुल्क रकम जुन रकम बढि हुन्छ सो रकम भुक्तानी गरिने र बीमालेक पनि स्वत अन्त्य हुनेछ ।

भुक्तानी पाउने व्यक्ति

बीमा अवधि समाप्ती मितिसम्म बीमित बालबालिका तथा प्रस्तावक दुबै जीवित रहेमा बीमितको प्रस्तावकले भुक्तानी पाउने व्यवस्था छ । यदि बीमा अवधि समाप्ति हुनु अगावै बीमित बालबालिकाको मृत्यु भएमा बीमित प्रस्तावलाई भुक्तानी दिइनेछ । अर्को तर्फ यदि बीमा अवधि समाप्ति हुनु अगावै मिति प्रस्तावकको मृत्यु भएमा बीमा शुल्क छुट गरि मासिक आय सुविधा तथा बीमा अवधि समाप्तिमा गरिने भुक्तानी बीमित बालबालिका बालिग भएमा स्वयं बीमित बालबालिकालाई र बीमित बालबालिका बालिग नभएमा बीमा ऐन २०७९ को दफा १२७ अनुसार बीमालेख उपर कानुनी अधिकार भएको प्रमाणित गर्न सक्ने अरु कुनै व्यक्तिलाई भुक्तानी दिइने कम्पनीले जनाएको छ ।  

प्रस्तावकले मात्रै पाउने पुरक करारको सुविधा

दुर्घटना मृत्यु लाभ सुविधा अन्तर्गत २१ वर्षदेखिका बीमित प्रस्तावकले अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम एक करोडसम्म पाउने छन् । बीमालेख चालु रहेको अवस्थामा बीमा अवधिभित्र जुनसुकै समयमा बीमित प्रस्तावकको दुर्घटनाको कारणबाट दुर्घटना घटेको १८३ दिनभित्र मृत्यु भएमा बीमालेखमा उल्लेख भएको दुर्घटना मृत्यु लाभको सुविधा बापतको रकम भुक्तानी दिइनेछ ।

दुर्घटना मृत्यु लाभ तथा अपाङ्ग अशक्त बीमाशुल्क छुटको सुविधा

२१ वर्षदेखिका बीमित प्रस्तावकले अतिरिक्त बीमा शुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम एक करोडसम्मको दुर्घटना मृत्यु लाभ, दुर्घटनाको कारणबाट हुने पूर्ण अशक्तता लाभ तथा बीमाशुल्क छुट सुविधा लिन सक्ने छन् । बीमालेख चालु रहेको अवस्थामा बीमा अवधिभित्र जुनसुकै समयमा बीमित प्रस्तावकको दुर्घटनाको कारणबाट अङ्गभङ्ग भइ पुर्ण अशक्तता भएमा बाँकी बीमाशुल्क बापतको रकम कम्पनीले नै भुक्तानी गरिदिनुका साथै पूर्ण अशक्तता सुविधा बराबर रकम मासिक १२० समान किस्तामा अपाङ्ग अशक्त बीमित प्रस्तावकलाई भुक्तानी गरिनेछ । यदि १२० किस्ता पुरा हुनु अगाडि नै बीमा अवधि समाप्ति भएमा बीमाङ्क रकम प्लस आर्जित बोनस प्लस बाँकी किस्ता रकम बीमालेख अवधि समाप्तिमा भुक्तानी दिइनेछ । मासिक आय सुविधा बीमित प्रस्तावकको मृत्यु भएको अवस्थामा मात्र दिइने कम्पनीले जनाएको छ ।

१२० किस्ता पुरा हुनु अगाडी नै बीमित प्रस्तावकको मृत्यु भएमा बाँकी किस्ता रकम प्लस मासिक आय सुविधा तथा बीमा अवधि समाप्तिमा गरिने भुक्तानी बीमित बालबालिका बालिग भएमा स्वयम् बीमित बालबालिकालाई र बीमित बालबालिका बालिग नभएमा बीमा ऐन २०७९ को दफा १२७ अनुसार बीमालेख उपर कानुनी अधिकार भएको प्रमाणित गर्न सक्ने अरु कुनै व्यक्तिलाई दिइनेछ ।

घातक रोग सुविधा

२१ वर्षदेखिका बीमित प्रस्तावकले अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम २० लाखसम्म घातक रोग सुविधा लिन सक्नेछन् । यदि घातक रोग सुविधा लिएको बीमालेख चालु रही बीमा अवधि भुक्तानी भित्र बीमित प्रस्तावकको उल्लेखित कुनै घातक रोग लागेको पहिचान भई घातक रोग सुविधाको लागि योग्य भएमा उसको रोग बापतको औषधी उपचार बराबरको रकम नभइ बीमितले घातक रोग सुविधाको लागि लिएको बीमाङ्क रकम नै फिर्ता दिइने कम्पनीले जनाएको छ । सुविधा उपभोग गरिसके पश्चात घातक रोग सुविधाको अन्त्य हुनेछ भने बीमाशुल्क स्वयं प्रस्तावकले नै नियमित गरी मूल्य बीमालेख चालू रहने छ र मुल बीमालेखको सुविधा उपभोगमा कुनै कटौती हुनेछैन । घातक रोग सुविधा बीमा जारी गर्दाको समयमा मात्र लिन सकिनेछ । बीमा जारी गरिसकेपछि घातक रोग सुविधा थप गर्न पाइने छैन ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया