Nepal Life

आगामी दिनमा अझै गुणस्तरीय सेवा दिने प्रतिवद्धताका साथ सूर्यज्योतिले मनायो १६ औं वार्षिकोत्सव

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Tue 14:42
आगामी दिनमा अझै गुणस्तरीय सेवा दिने प्रतिवद्धताका साथ सूर्यज्योतिले मनायो १६ औं वार्षिकोत्सव
Sanima Reliance


काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स १६ औं वार्षिक उत्सव मनाएको छ। इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरि देशैभरि रहेका सम्पूर्ण शाखाहरुमा केक काटेर हर्षोल्लासका साथ १६ औं वार्षिकोत्सव मनाएको हो ।

NIMB

१५ वर्षको इतिहास बोकेको सूर्या लाइफ इन्स्योरेन्स र छोटो अवधिमा सेवा प्रदान गरि आफुलाई एक सबल कम्पनीको रुपमा प्रस्तुत गरेको ज्योति लाइफ इन्स्योरेन्स मर्जर भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले २०७९ पौष ७ गते आफ्नो संयूक्त कारोबार सुरु गरेको थियो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीलाई १६ वर्ष देखि निरन्तर सफलता प्राप्त गर्न साथ दिने सम्पूर्ण ग्राहकवर्ग, अभिकर्ताहरु, कर्मचारीहरु, शेयरधनीहरू, सञ्चालक समिति, नियमनकारी निकायहरू, व्यावसायिक साझेदारहरु लगायत सम्पूर्ण संचारकर्मीहरूमा आगामी दिनहरूमा अझै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरे।

कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले कम्पनीप्रति विश्वास गरी जोडिने सम्पूर्ण सरोकारवालाहरु लगायत सदैव मार्गनिर्देश गर्ने नियमनकारी निकायहरू प्रति कृतज्ञता ज्ञापन गरे ।

कम्पनीले नविनतम प्रविधिमैत्री तथा समय सापेक्ष उत्कृष्ट सेवा पस्कँदै आएको र सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध ५० लाख रुपैयाँ सम्मको उपचार खर्चको आर्थिक सुरक्षा दिदै आएको छ।

कम्पनीका अनुसार नेपालको एकमात्र तथा पहिलो आइएसओ ९००१:२०१५ बाट सम्मानित सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको हाल चुक्ता पुँजी ४५४ करोड रुपैयाँ, जीवन बीमाकोष ३,२०० करोड रुपैयाँ, कुल लगानी ३,७५० करोड रुपैयाँ रहेको छ भने नेटवर्थ ७५६ करोड रुपैयाँ रहेको छ ।

कम्पनीले हाल १७८ शाखाहरु मार्फत सेवा प्रदान गर्दै २८ लाख बीमालेख जारी गरिसकेको छ भने हाल कम्पनीसंग आवद्ध प्रशिक्षित अभिकर्ता संख्या ९६ हजार रहेको छ ।

कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० दशमलव २६ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत गरि २४ दशलमव ७४ प्रतिशत नगद लाभांश गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया