Nepal Life

जीवाश्म इन्धन प्रयोगको अन्त्य गर्ने अभियानमा जोडियो एनएमबी बैंक

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Wed 19:38
जीवाश्म इन्धन प्रयोगको अन्त्य गर्ने अभियानमा जोडियो एनएमबी बैंक
Sanima Reliance

काठमाडौं । एनएमबी बैंकले ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) का १७ अग्रणी बैंकहरूको समूहसँग जीवाश्म इन्धनको प्रयोगको अन्त्य गर्न हातेमालो गरेको छ । बैंकले जीवाश्म इन्धनको अन्त्यका लागि ‘फोसिल फ्युल नन प्रोलिफिकसेन ट्रिटी’ लाई अनुमोदन गरेको हो ।

NIMB

‘फोसिल फ्युल नन प्रोलिफिकसेन ट्रिटी’ सबैका लागि हरित उर्जाको व्यवस्था, जीवाश्म इन्धनको विस्तारको अन्त्य र वर्तमानको उत्पादनलाई निर्मुल पारि अन्तर्राष्ट्रिय हातेमालो गरी पेरिस सम्झौताका लक्ष्यहरु हासिल गर्ने एउटा विश्वव्यापी प्रयास हो । यो सन्धिप्रति प्रतिवद्धता जाहेर गर्ने वित्तीय संस्थाहरुको संख्या बढ्दो क्रममा रहेको छ । यसका साथै उनीहरु जलवायु संकटको मूल कारण तेल, ग्याँस र कोइलाको उत्पादन र प्रयोगलाई सम्बोधन गर्न विश्वव्यापी प्रयासमा महत्त्वपूर्ण कदम अघि बढाइरहेका छन् ।

‘यस कदमले जलवायु कार्यलाई अगाडि बढाउने र पेरिस सम्झौताका लक्ष्यहरूसँग पङ्क्तिबद्ध गर्ने, कार्बन उत्सर्जन प्रकटीकरण र व्यवस्थापनमा हाम्रा प्रयासहरूलाई बढावा दिने हाम्रो प्रतिवद्धतालाई दर्साउँछ । हामी सचेत छौं कि जलवायु परिवर्तन हाम्रो समयको सबैभन्दा महत्त्वपूर्ण मुद्दाहरू मध्ये एक हो, र हामी समाधानको एक हिस्सा बन्न प्रतिबद्ध छौं,' एनएमबी बैंकका सिइओ सुनिल केसीले भने।

यो कदमले उज्यालो, स्वच्छ भविष्यको प्रतिज्ञा गर्ने र वातावरणीय कल्याण र दीर्घकालीन दिगोपनलाई प्राथमिकता दिने दिगो अभ्यासहरूतर्फ बैंकको परिवर्तनलाई जनाउने एनएमबी बैंकले जनाएको छ । जीवाश्म इन्धनमा कम निर्भरता भनेको स्वच्छ हावा, पानी र जमिन हो, जसले स्वास्थ्य र जीवनको गुणस्तरलाई प्रत्यक्ष रूपमा फाइदा पुर्याउने बैंकले बताएको छ । यसले हरित अर्थतन्त्रमा आर्थिक वृद्धि र स्थीरतालाई प्रोत्साहन गर्दै दिगो विकासको ढाँचा प्रदान गर्दछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया