United Ajod

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

Everest Bank
  • BFIS News
  • 2024 Apr Thu 12:16
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । अघिल्लो दिन प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ८ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार १५० रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ३५० रूपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १५ रूपैयाँ घटेको हो। आज चाँदी प्रतितोला १६ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १६ सय ७० रूपैयाँमा कारोबार भएको थियो।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया