Nepal Life

जीवन बीमा कम्पनीको तेस्रो त्रैमाशिक अवधिको बीमा शुल्क एक खर्ब १० अर्ब, कुन कम्पनीको बजार हिस्सा कति?

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Thu 17:40
जीवन बीमा कम्पनीको तेस्रो त्रैमाशिक अवधिको बीमा शुल्क एक खर्ब १० अर्ब, कुन कम्पनीको बजार हिस्सा कति?
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमाशिक अवधिमा एक खर्ब १० अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जसमध्ये प्रथम बीमा शुल्क आर्जन २१ अर्ब ५४ करोड रुपैयाँ रहको छ भने नविकरण बीमा शुल्क ८८ अर्ब ६१ करोड रुपैयाँ छ । जसमा प्रथम बीमा शुल्कको हिस्सा १९.५५ प्रतिशत छ भने नविकरणको ८०.४५ प्रतिशत छ । यसै वर्षदेखि जीवन बीमा व्यवसाय शुभारम्भ गरेका लघु जीवन बीमा कम्पनीहरुले भने ९ महिनाको अवधिमा जम्मा ७ करोड ८८ लाख रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेका छन् ।

NIMB

जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको तुलनामा यस वर्ष ५.७६ प्रतिशतले व्यवसाय बृद्धि गरेका छन् । चरम आर्थिक मन्दीमा पनि जीवन बीमा कम्पनीहरुले व्यवसायलाई निरन्तरता दिन सफल देखिएका छन् । कम्पनीहरुले वैदेशिक रोजगारमा गएका तथा युरोप अमेरका गएका नेपालीहरुलाई केन्द्रित गरिरहेका छन् । यसले पनि जीवन बीमा व्यवसायमा सुधार देखिएको हो ।

तेस्रो त्रैमाशिक अवधिमा सर्वाधिक धेरै नेपाल लाइफले २९ अर्ब ४५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस हिसावले कम्पनीको बजार हिस्सा २६.७४ प्रतिशत छ । गत वर्षको यहि अवधिमा कम्पनीले २७ अर्ब २६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । यस वर्ष प्रथम र नविकरण दुबैमा सुधार गरेको छ ।

दोस्रो धेरै बीमा शुल्क आर्जन गरेको नेशलन लाइफले तेस्रो त्रैमाशिक अवधिमा १२ अर्ब ८९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस वर्ष प्रथम बीमा शुल्क आर्जन ३ अर्ब २२ करोड आर्जन गर्दा नविकरण भने ९ अर्ब ६६ करोड रहेको छ । गत वर्षको यहि अवधिमा ११ अर्ब ३७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

तेस्रो धेरै बीमा शुल्क आर्जन गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ । कम्पनीले ९ महिनामा १२ अर्ब ८३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दा नविकरण ११ अर्ब ३२ करोड र प्रथम भने जम्मा एक अर्ब ५० करोड मात्रै छ । गत वर्ष कम्पनीको कुल बीमा शुल्क आर्जन १२ अर्ब ९४ करोड थियो । यस वर्ष प्रथम बीमा शुल्क आर्जनमा गिरावट आउदा कुल तर्फ केहि घटेको छ ।

चौथो धेरै बीमा शुल्क आर्जन गरेमा हिमालयन लाइफ रहेको छ । हिमालयन लाइफले ९ महिनामा १२ अर्ब ३३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । मर्जर सँगै कम्पनीले बजार हिस्सा चौथो स्थानमा कायम राखेको हो ।

सानिमा रिलाइन्स लाइफले मर्जर पनि व्यवसायमा राम्रो सुधार गरेको छ । सानिमा रिलायन्सले ४ अर्ब २७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम तर्फ एक अर्ब १९ करोड र नविकरण तर्फ ३ अर्ब ८ करोड रहेको छ ।

तेस्रो त्रैमाशिक अवधिमा आइएमई लाइफले व्यवसायमा व्यापक सुधार गरेको छ । ९ महिनामा ३ अर्ब २९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको आइएमई लाइफले प्रथम तर्फ एक अर्ब ३ करोड र नविकरण तर्फ २ अर्ब २६ करोड आर्जन गरेको छ ।  त्यस्तै प्रभु महालक्ष्मी लाइफले तीन अर्ब ६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको प्रथम तर्फ ६३ करोड ३१ लाख र नविकरण तर्फ २ अर्ब ४३ करोड रहेको छ ।

जीवन बीमा कम्पनीहरु प्रथम सँग सँगै नविकरणमा बढि केन्द्रित देखिएका छन् । जसले गर्दा जीवन बीमा व्यवसाय डाउन ट्रेण्डमा देखिएको छैन ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया