Nepal Life

तेस्रो त्रैमाशिक अवधिमा निर्जीवन बीमा व्यवसाय ३० अर्ब १५ करोड, कुन कम्पनीको कति (सूचिसहित)

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Thu 17:59
तेस्रो त्रैमाशिक अवधिमा निर्जीवन बीमा व्यवसाय ३० अर्ब १५ करोड, कुन कम्पनीको कति (सूचिसहित)
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ३० अर्ब १५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको तुलनामा यस वर्ष सामान्य सुधार देखिएको छ । गत वर्षको यहि अवधिमा ३० अर्ब थियो ।

NIMB

अर्थतन्त्रमा आएको मन्दीको प्रभावले गर्दा निर्जीवन बीमा व्यवसायमा सुधार हुन सकिरहेको छैन । कम्पनीले चैत एक महिनामा ३ अर्ब ८८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । समिक्षा अवधिमा सर्वाधिक धेरै बीमा शुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । शिखरले ९ महिनामा ४ अर्ब २२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । दोस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले तीन अर्ब ५३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

तेस्तै तेस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियरले २ अर्ब ८९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । चौथो स्थानमा रहेको आइजिआइ प्रुडेन्सियलले २ अर्ब ६४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै नेकोले २ अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । युनाइटेड अजोडको एक अर्ब ९७ करोड छ ।

नयाँ आएका निर्जीवन लघु बीमा कम्पनीले १५ करोड ५३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । पुराना तथा नयाँ निर्जीवन बीमा कम्पनीहरुले भने १७ करोड २ लाख रुपैयाँ लघु बीमा व्यवसाय गरेका छन् । पुरानाको यसमा खासै देखिदैन ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया