Nepal Life

एन आर कलेजद्धारा वातावरणीय सरसफाइ कार्यक्रम सम्पन्न

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Thu 19:18
एन आर कलेजद्धारा वातावरणीय सरसफाइ कार्यक्रम सम्पन्न
Sanima Reliance

काठमाडौं । एन.आर. कलेजले बिहीबार तारकेश्वर नगरपालिकामा 'कलेज समुदाय सहकार्य कार्यक्रम' अन्तर्गत वातावरणीय सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा कलेजको तर्फबाट ब्यवस्थापन समिती, शिक्षक, शिक्षिका, प्रशासन, कर्मचारी, विद्यार्थी र समुदायको तर्फबाट स्थानीय जनप्रतिनिधि, समाजसेवी, आमा समूह, महिला समूह, स्वास्थ्य स्वयंसेविका तथा युवाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सरसफाइ सम्बन्धी सन्देशमुलक प्लेकार्ड तथा व्यानरको प्रयोग गरिएको थियो । 

करिव एक सय भन्दा धेरैको उपस्थितिमा कलेज वरपरको टोल तथा विन्दवासीनी मन्दिर परिसरमा सरसफाइ सम्पन्न भएको छ ।सरसफाइ कार्यक्रमले समुदायमा बातावरण सम्बन्धि जनचेतना प्रदान गर्ने काम भएको क्याम्पस प्रमुख राजिप धितालले बताए । उनले भने 'यस कार्यक्रमले कलेज र समुदाय बिचको सम्बन्ध बिस्तार भई एक आपसको वृद्धि बिकासमा महत्त्वपूर्ण भुमिका खेल्ने आशा व्यक्त गर्दछु ।'

एनआर कलेजले समय समयमा यस्ता सामुदायिक स्तरका विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । कलेजले यहि बैशाख १७ गते निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गर्दैछ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया