Nepal Life

कुमारी बैंकको ५ लाख ९९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Apr 26 07:32
कुमारी बैंकको ५ लाख ९९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
National Life

काठमाडौं। कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले ५ लाख ९९ हजार १२१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

Shikhar
NIMB

यो शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन्। इच्छुकले काठमाडौंस्थित नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।  

शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनें पनि बैंकले जनाएको छ। तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया