United Ajod

तोलामा १४ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

Everest Bank
  • BFIS News
  • 2024 Apr Fri 13:13
तोलामा १४ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ। अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला १ हजार ४ सयले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ५५० रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ८ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार १५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। आज अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेर १६ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया