एलआइसी नेपालका पुर्व सिइओ लक्ष्मी दासको तलब सुविधा एक करोड
- BFIS News
- 2023 Aug 03 11:34
काठमाडौं । एलआइसी नेपालका निवर्तमान प्रमुख कार्यकारि अधिकृत लक्ष्मी प्रसाद दासले आर्थिक वर्ष २०७७/७८ मा एक करोड तलब सुविधा बुझेका छन् । कम्पनीले सार्वजनिक गरेको लेखापरीक्षण प्रतिवेदन अनुसार दासले भन्दा उनि भन्दा तल्लो तहका चिफ टेक्निकल अफिसर सञ्जिभ कुमार अग्रवालले एक करोड ११ लाख रुपैयाँ बुझेका छन् ।
अग्रवालले उक्त तलब सुविधा एलआइसी इन्डियाबाटै बुझेका हुन् । नयाव प्रमुख कार्यकारी अधिकृत टि बुर्नावलले ९१ लाख ८ हजार रुपैयाँ तलब सुविधा प्राप्त गरेका छन् । कम्पनीले हिजो बुधबार २० औ वार्षिकोत्सव सम्पन्न गरेको थियो । कम्पनीले अझै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण गर्न बाँकी छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया