Nepal Life

नेपाली ब्राण्डको वाइवाइ चाउचाउ एशिया र युरोपमै प्रसिद्ध, गुणस्तरता कायम राख्न 'नो कम्परमाइज'

Global Ime detail Page
  • प्रभात कुईकेल
  • 2024 Apr Fri 18:59
नेपाली ब्राण्डको वाइवाइ चाउचाउ एशिया र युरोपमै प्रसिद्ध, गुणस्तरता कायम राख्न 'नो कम्परमाइज'
Sanima Reliance

काठमाडौं । नेपाली ब्राण्डको वाइवाइ चाउचाउ एशियामा मात्रै नभएर युरोपमै अग्रणी देखिएको छ । उच्च स्तरको गुणस्तरका कारण वाइवाइ चाउचाउ अन्तर्राष्ट्रिय बाण्ड बन्न पुगेको हो ।

चौधरी ग्रुपले चार दशक अघि उत्पादन सुरु गरेको वाइवाइले नेपालमा मात्रै नभएर विश्व बजारमा आफुलाई स्थापित गरेको छ । ललितपुरको भैंसेपाटीबाट नेपालमै पहिलो पटक ब्राउन नुडल्स उत्पादन गरेको सिजीले आजको दिनमा विश्वका अन्य ५ देशबाट पनि उत्पादन गर्दै आइरहेको छ । उच्च स्तरको गुणस्तर कायम राख्न सकेकै कारण आज ३५ भन्दा धेरै देशहरुमा वाइवाइले आफ्नो बजार विस्तार गर्न सफल भएको छ ।

विश्वव्यापी रूपमा वाइवाइ इन्स्ट्यान्ट नूडलल्सको यो सफलताको पछाडीको एउटा प्रमुख कारक यसको गुणस्तर नै भएको कम्पनीले जनाएको छ । यस क्रममा सिजीले आफुलाई उत्कृष्ट बनाउन गुणस्तर प्रणालीको विकास गरेको छ । यसका लागि सिजीले फ्याक्ट्रीमा कर्चा पदार्थ पुग्नु भन्दा अगाडी नै गुणस्तरमा ध्यान दिने गरेको छ । जसका लागि आपूर्ती गरिएका सामाग्रीहरुमा न्युनतम मापदण्डहरु रहे नरहेको भनि परीक्षण गरिने कम्पनीले जनाएको छ ।

खाद्य गुणस्तर मापन गर्ने प्रावधिकहरुले तय गरेका मापदण्ड गरा नभइको पाइएमा उक्त सामान अस्वीकार गर्नुका साथै आपूर्तीकर्तालाई नै फिर्ता गर्ने व्यवस्था रहेको छ । यसरी प्रारम्भिक जाँच पुरा भएपछि मात्रै सामग्री प्रशोधनमा लागिन्छ । जसमा प्रशोधनका लागि आवश्यक ब्याचको मात्रा मापन गरिन्छ ।

दक्ष अपरेटरहरू र कर्मचारीहरूले प्रत्येक प्रक्रिया प्यारामिटरमा परिभाषित मापदण्ड र एसओपी अनुसार छ या छैन भनी सुनिश्चित गर्दछन् । प्यारामिटरहरू निर्दिष्ट अन्तराल (स्पेसिफाइड इन्टरभल) मा रेकर्ड गरिन्छन् जुन सिफ्ट क्वालिटी तथा प्रोडक्सन इन्चार्जले निगरानी गर्ने गर्दछन् ।

कुनै त्रुटी देखिएमा तुरुन्तै वा आवश्यक भएमा सुधारको लागि सम्पूर्ण प्रक्रिया नै रोकिन्छ । यस प्रक्रियामा गुणस्तर जाँचका लागि विभिन्न बिन्दुहरू हुन्छन् जसले अन्तिम उत्पादन मानक अनुसार छ या छैन भनेर सुनिश्चित गर्दछ । उत्पादित सामानहरू ब्याच आधारमा भण्डारण गरिन्छ जहाँबाट पुन गुणस्तर परीक्षणको लागि नमूना संकलन गरिन्छ । उत्पादनहरू बजारमा पठाउँदा अन्तिम गुणस्तर निरीक्षणको लागि (र्यान्डम्ली) नमूना संकलन गरिन्छ । प्रत्येक ब्याच नम्बर भविष्यका लागि रेकर्ड गरिएको हुन्छ ।

सीजी सँग ७० भन्दा बढी योग्य फूड टेक्नोलोजिस्टहरू छन् जसले प्रत्येक उत्पादनले गुणस्तर मापदण्ड पूरा गरे–नगरेको सुनिश्चित गर्न काम गरिरहेका हुन्छन् । यस कार्यलाई प्रत्येक उत्पादन इकाईमा रहेका प्रयोगशालाहरू प्रयोग भइरहेका हुन्छन् । निर्माण इकाई प्रयोगशाला, आर एन्ड डी र केन्द्रीय सुपरल्याबगरि गुणस्तर प्रणालीमा तीन तहबाट गुणस्तर मापन भैरहेको हुन्छ । गुणस्तर सुनिश्चितता केवल कारखानामा मात्र सिमित हुदैन । पठाएको सामान फ्याक्ट्रीबाट घोषणा भए अनुरुप गुणस्तर रहे वा नरहेको हेर्न बजारबाट स्याम्पल समेत लिइन्छ । यदि त्यहाँ कुनै सुधार वा परिमार्जन आवश्यक परेमा सो कार्य आर एन्ड डी मार्फत गरिन्छ । प्रत्येक नयाँ उत्पादन नियमित उत्पादनमा जानु अगाडी आन्तरिक रूपमा मुल्यङ्कन र परिक्षण गरिन्छ ।

माथिका प्रक्रियाहरू बाह्य प्रसिद्ध प्रमाणीकरण एजेन्सीहरू मार्फत खाद्य सुरक्षा व्यवस्थापन प्रणाली (आईएसओ २२०००) र गुणस्तर व्यवस्थापन प्रणाली (आईएसओ 9000) मार्फत प्रमाणित छन् । विश्व प्रसिद्ध उत्पादनहरू आज अमेरिका, युरोप, जापान, अष्ट्रेलियादेखि पश्चिमी राष्ट्रहरूमा बिक्री भइरहेका छन् । गुणस्तरप्रतिको समर्पण र स्पष्ट परिभाषित उत्पादन प्रक्रियाका कारणले नै यो उत्पादन विदेशी बजारमा सफल भएको हो । वाइवाइको सफलता धेरै वर्ष देखिको विशेषज्ञताको व्यवस्थापन र समर्पणले गर्दा नै सम्भव भएको हो । त्यसैले नै सीजीका उत्पादनहरू नेपाल तथा धेरै राष्ट्रहरूका उपभोक्ताको रोजाइमा परेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया